Trending
अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले मे १३ देखि १५ सम्म चीनको भ्रमण समाज बजेट अभावले गैँडा गणना अर्को वर्ष राजनीति सरकारले डोजर आतंक सिर्जना गरी नागरिकलाई आत्महत्या गर्न बाध्य बनायो : नेकपा राजनीति संघीय संसदको अधिवेशन आजदेखि सुरु हुँदै अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध अन्त्यसम्बन्धी इरानी प्रस्ताव अस्वीकार समाज ठगी गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय कास्कीले दुई जनालाई नियन्त्रणमा राजनीति राष्ट्रिय स्वाधीनता सबैभन्दा अप्ठ्यारोमा : प्रचण्ड राजनीति सभापति रवि लामिछानेले पार्टी सांसदहरूलाई गुटबन्दीमा नलाग्न निर्देशन खेल पुरुष भलिबल प्रतियोगिताको पुरुषतर्फ तनहुँ र पर्वत फाइनल समाज धनुषामा बस दुर्घटना हुँदा १७ यात्रु घाइते

राष्ट्रपति रनिङ शिल्डको उपाधि नेपाल आदर्श मावि शिवपुरलाई


माधव बेल्वासे
चन्द्रौटा,१२ पुष
शिवराज नगरपालिकामा जारी राष्ट्रपति रनिङ शिल्डको उपाधि नेपाल आदर्श मावि शिवपुरले जितेको छ । विभिन्न विधामा भएको खेलमा सर्वाधिक अङ्क प्राप्त गर्दै नेपाल आदर्श माविले रनिङ शिल्डको उपाधि हात पार्न सफल भएको हो । यस्तै प्रतियोगीताको दोस्रो स्थान प्रकाश मावि सुन्दरीडाँडाले हात पारेको छ । तेस्रो स्थानमा राष्ट्रिय माध्यमिक विद्यालय र समयथान माध्यमिक विद्यालय खरेन्द्रपुर सान्त्वना बन्न सफल भएको छ ।
राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता अन्तर्गत भलिबल, एथलेटिक्स, कराते, उसु, कपर्दी प्रतियोगिता भएका छन् । त्यस्तै, मेयर कपतर्फ फुटबल, क्रिकेट र भलिबल, उपमेयर कपतर्फ फुटबल, भलिबल र कराते प्रतियोगिता सम्पन्न भएको खेलकुद विकास समितिका संयोजक नेत्र प्रसाद बेल्वासेले बताउनुभयो ।
त्यस्तै फुटबल प्रतियोगिता अन्तर्गत मेयर कप र उपमेयर कपको उपाधि वडा न १ ले हात पारेका छ । मेयर कप पुरुष तर्फ वडा न ९ लाई १ गोलका विरुद्ध दुई गोल गर्दै विजेता बनेको छ । वडा न ९ उपविजेता बनेको छ ।
उपमेयर कप महिला फुटबल प्रतियोगितामा पनि वडा न १ नै विजयी भएको छ । फाइनल खेलमा शिवराज नगरपालिका वडा न १ ले ५ नम्बर वडालाई १ का विरुद्ध २ गोल गर्दै उपाधि हात पारेका हो । शिवराज नगरपालिका वडा ५ भने उपविजेता बन्न सफल भएको छ ।
खेलको समापन सत्र मा बोल्दै लुम्बिनी प्रदेश सभा सदस्य अर्जुन कुमार केसीले शिवराजले खेल महोत्सव आयोजना गरेर उदाहरणीय काम गरेको बताउनुभयो । पछिल्लो समयमा युवा पुस्ताहरू खेल तर्फ आकर्षित हुन छोडेकोले यस्ता कार्यक्रमले खेल संरक्षण र खेलाडीहरूमा थप ऊर्जा उत्पन्न हुने बताउनुभयो । १२ दिन सम्म चलेको खेल महोत्सवमा १० वटा वडा १५ वटा विद्यालयका १ हजार ५ सय १६ जना खेलाडीहरूको सहभागिता रहेको शिक्षा तथा खेलकुद शाखाका प्रमुख लोकराज पन्थीले बताउनुभयो ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP