Trending
अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले मे १३ देखि १५ सम्म चीनको भ्रमण समाज बजेट अभावले गैँडा गणना अर्को वर्ष राजनीति सरकारले डोजर आतंक सिर्जना गरी नागरिकलाई आत्महत्या गर्न बाध्य बनायो : नेकपा राजनीति संघीय संसदको अधिवेशन आजदेखि सुरु हुँदै अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध अन्त्यसम्बन्धी इरानी प्रस्ताव अस्वीकार समाज ठगी गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय कास्कीले दुई जनालाई नियन्त्रणमा राजनीति राष्ट्रिय स्वाधीनता सबैभन्दा अप्ठ्यारोमा : प्रचण्ड राजनीति सभापति रवि लामिछानेले पार्टी सांसदहरूलाई गुटबन्दीमा नलाग्न निर्देशन खेल पुरुष भलिबल प्रतियोगिताको पुरुषतर्फ तनहुँ र पर्वत फाइनल समाज धनुषामा बस दुर्घटना हुँदा १७ यात्रु घाइते

कपिलवस्तुका उखु किसानद्धारा ५० औँ पटक ज्ञापन पत्र, ३५ पटक काठमान्डौं


माधव बेल्वासे
चन्द्रौटा,२६ पुष
कपिलवस्तुका उखु किसानले सरकारसँग रकम माग गर्न ५० पटक सम्म ज्ञापन पत्र बुझाएका छन् । आइतबार ५० औँ पटक उखुको रकम पाउनुपर्ने भन्दै प्रमुख जिल्ला अधिकारी मार्फत सरकारलाई ज्ञापन पत्र बुझाएको किसान सङ्घका कपिलवस्तुका अध्यक्ष अनुप कुमार चौधरीले बताउनुभयो । चौधरी सहितका किसानहरू पटक पटक ज्ञापन पत्र दिँदा र आन्दोलन गर्दा सम्म कुनै सुनुवाइ नहुँदा चिन्तित बनेका छन् । ‘यो ६ वर्षको अवधिमा जिल्ला प्रशासन, इलाका प्रशासनमा मात्र ५० पटक ज्ञापन पत्र बुझायौ, चौधरीले भन्नुभयो,‘अहिले सम्म कुनै सुनुवाइ हुन सकेको छैन, । आर्थिक वर्ष ०७१।७२ मा सरकारले प्रतिक्युन्टल रु २५ का दरले दिने भने पनि अहिले सम्म उक्त रकम कपिलवस्तुका उखु किसान पाउन सकेका छैनन् । जिल्लाका ७ हजार किसानले २ करोड ५० लाख पाउनुपर्ने रकम नपाएको चौधरीको गुनासो छ ।
यही रकमको माग गर्न भनी कपिलवस्तुका उखु किसान अहिले सम्म ३५ पटक काठमान्डौ पुगेका छन् । किसानहरूले गरेको चक्काजाम,अनसनको गन्ती नै छैन । कृषि मन्त्रालय,अर्थ मन्त्रालय मात्र होइन प्रधानमन्त्रीको कार्यालय सम्म पुगेको किसानहरूको भनाई छ । ‘हामीले धेरै पटक आन्दोलन ग¥यो, सरकारले चिनी मिलले दिन्छ भन्छ,चिनी मिलले सरकारले दिनुपर्छ भन्छ,कृषक ओमप्रकाश चौधरी भन्छन्,‘किसानहरूलाई आश्वासन बाहेक अरू केही भएन, । शिवराज नगरपालिका ७ मा रहेको महालक्ष्मी सुर्गस मिल अहिले स्थान तरण गरी सर्लाही लगिएको छ । मिलका सञ्चालक वीरेन्द्र कनोडियाले आफूले दिनुपर्ने किसानको रकम वाकी नरहेको दाबी गर्दै आएका छन् ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP