Trending
अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले मे १३ देखि १५ सम्म चीनको भ्रमण समाज बजेट अभावले गैँडा गणना अर्को वर्ष राजनीति सरकारले डोजर आतंक सिर्जना गरी नागरिकलाई आत्महत्या गर्न बाध्य बनायो : नेकपा राजनीति संघीय संसदको अधिवेशन आजदेखि सुरु हुँदै अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध अन्त्यसम्बन्धी इरानी प्रस्ताव अस्वीकार समाज ठगी गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय कास्कीले दुई जनालाई नियन्त्रणमा राजनीति राष्ट्रिय स्वाधीनता सबैभन्दा अप्ठ्यारोमा : प्रचण्ड राजनीति सभापति रवि लामिछानेले पार्टी सांसदहरूलाई गुटबन्दीमा नलाग्न निर्देशन खेल पुरुष भलिबल प्रतियोगिताको पुरुषतर्फ तनहुँ र पर्वत फाइनल समाज धनुषामा बस दुर्घटना हुँदा १७ यात्रु घाइते

महिलाले ३३ मात्रै हाेइन ५० प्रतिशत अधिकार पाउनुपर्छ : अष्टलक्ष्मी शाक्य

काठमाण्डाै – नेकपा (एमाले) की उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले महिलाले ३३ प्रतिशतमात्रै नभएर ५० प्रतिशत अधिकार पाउनुपर्ने बताउनुभएको छ । 

आज मङ्गलवार एक सय १२ औँ अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा एमाले निकट अखिल नेपाल महिला सङ्घले काठमाण्डाैमा आयोजना गरेको कार्यक्रममा बोल्दै शाक्यले अब महिलाले ३३ प्रतिशत मात्रै नभएर पुरुष सरह ५० प्रतिशत अधिकार पाउनुपर्ने बताउनुभएकाे हो । उहाँले नेपालको कुल जनसङ्ख्याको आधाभन्दा बढी महिला भएकाले पनि पुरुष सरह ५० प्रतिशत समान अधिकारको अवधारणा बनाउनुपर्ने उल्लेख गर्नुभयाे ।  

उहाँले भन्नुभयो, ‘जनसङ्ख्याको आधाभन्दा बढी महिला भएको हिसाबले भन्ने हो भने अब ३३ प्रतिशत होइन ५० प्रतिशत अवधारणा लिएर अगाडि बढ्न सक्नुपर्छ । हिम्मत गर्नुपर्छ । महिलाहरूले पनि आफूलाई सक्षम बनाउँदै जानुपर्छ ।’

उपाध्यक्ष शाक्यले महिलाहरू इमानदार, जवाफदेही, पारदर्शी र कुशल भएकाले अबको स्थानीय तहदेखि देश हाँक्ने तहसम्म उनीहरूले आफूलाई सक्षम बनाउनुपर्ने धारणा राख्नुभयाे । उहाँले महिला/पुरुष समान रहेकाले महिलालाई हिंसा, विभेद, असमानतार दुर्व्यवहार गर्ने सबै कुरा समाप्त गर्दै महिलाहरूलाई हेर्ने दृष्टिकोण फरक बनाउन आवश्यक रहेकाे बताउनुभयाे । 

त्यस्तै नेकपा एमालेकी स्थायी कमिटी सदस्य एवम् पूर्वमन्त्री थममाया थापाले संविधानमा गरिएको किटानी व्यवस्थाअनुसार समाजवादको आधार तयार पार्नका लागि महिलाहरू निर्णायक ठाउँमा पुग्नुपर्ने बताउनुभयो । उहाँले महिलाहरू पुरुष सरह नेतृत्व तहमा सहभागिता नभएसम्म महिलाका अधिकारहरू प्राप्त हुन नसक्ने तर्क पनि गर्नुभयो ।

स्थायी कमिटी सदस्य थापाले स्थानीय तहको सरकारको प्रमुख पदमा महिला अनिवार्य हुनुपर्ने व्यवस्था गर्न सरकारसँग माग गर्नुभयो । उहाँले नेतृत्वमा महिला पुगे मात्रै आर्थिक, सामाजिक तथा राजनीतिक हिसाबले महिलाको सहभागिता बढ्ने उल्लेख गर्नुभयो । 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP