Trending
अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले मे १३ देखि १५ सम्म चीनको भ्रमण समाज बजेट अभावले गैँडा गणना अर्को वर्ष राजनीति सरकारले डोजर आतंक सिर्जना गरी नागरिकलाई आत्महत्या गर्न बाध्य बनायो : नेकपा राजनीति संघीय संसदको अधिवेशन आजदेखि सुरु हुँदै अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध अन्त्यसम्बन्धी इरानी प्रस्ताव अस्वीकार समाज ठगी गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय कास्कीले दुई जनालाई नियन्त्रणमा राजनीति राष्ट्रिय स्वाधीनता सबैभन्दा अप्ठ्यारोमा : प्रचण्ड राजनीति सभापति रवि लामिछानेले पार्टी सांसदहरूलाई गुटबन्दीमा नलाग्न निर्देशन खेल पुरुष भलिबल प्रतियोगिताको पुरुषतर्फ तनहुँ र पर्वत फाइनल समाज धनुषामा बस दुर्घटना हुँदा १७ यात्रु घाइते

शिवराज वडा नं. ७ द्धारा नागरिक सम्मान

कपिलवस्तुको शिवराज नगरपालिका वडा नं. ७ ले वडा भित्रका नागरिकहरुलाई सम्मान गरेको छ । वडाको आ.ब. ०७८÷०७९ को बार्षिक कार्यक्रम अन्तर्गत वडाका जेष्ठ नागरिकलाई कम्बल वितरण गरी सम्मान गरेको हो ।
सम्मान कार्यक्रममा बोल्दै वडा अध्यक्ष अनुपकुमार चौधरीले हरेक बर्ष वडाका नागरिकहरुलाई कार्यक्रम आयोजना गरी सम्मान गर्ने कार्यक्रम गर्दै आइरहेको बताउनु भयो । कार्यक्रममा अध्यक्ष चौधरीले वडाका विकासका लागी आफूले कुनै कसर बाकी नराखेको बताउनु भयो । शिवराजको दुर्गम वडाको रुपमा रहेको वडाका प्रत्येक गाउँ पक्कि सडक विस्तार गरेको उहाँले बताउनु भयो । वडाका नगरिक मात्रै नभएर वडाको स्वास्थ्य क्षेत्रमा काम गर्ने स्वास्थ्य स्वंय सेविकालाई पनि दराज वितरण गरिएको अध्यक्ष चौधरीले बताउनु भयो ।


कार्यक्रममा सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथि पूर्व मन्त्रि तथा जनता प्रगतिशिल पार्टिका केन्द्रिय महासचिव इश्वदयाल मिश्रले वडा अध्यक्षले वडाको विकास गरेको देखेर आफुलाई खुसी लागेको बताउनु भयो । आफूले गत निर्वाचनमा हारेको भए पनि विकासका लागी सदैव तयार रहेको उहाँले बताउनु भयो । वडा अध्यक्षले वडामा गरेको विकासको कामको मूल्यांकन जनताले गर्ने समेत उहाँले बताउनु भयो ।
नेकपा माओवादी केन्द्र शिवराज नगर अध्यक्ष तथा लुम्बिनी प्रदेश सदस्य दिनेश पुनले स्थानिय चुनावमा स्वतन्त्र उम्मेदवार भएर निर्वाचित भएका चौधरीले जनताको मन जित्ने गरि विकासको काम गरेको र अब वडा अध्यक्ष चौधरी एक्लो नभई नेकपा माओवादी केन्द्र सिंगो पार्टि संगै रहेको उहाँले बताउनु भयो । कार्यक्रमा वडाका ५ सय ५० जना जेष्ठ नागरिकलाई कम्बल वितरण गरिएको वडा अध्यक्ष चौधरीले जानकारी दिनु भयो ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP