
कलाकार सुमन पौडलले जनप्रतिनिधि बन्ने रहर गरेका छन् । कपिलवस्तुको शिवराज नगरपालिका वडा ४ निवासी पौडेलको नाम वडा अध्यक्ष सिफारिस भएको छ । नेकपा एमाले वाट उम्मेदवार बन्न उनको नाम सिफारिस भएको छ । उनी सहित चार जनाको नाम सिफारिस भएको बताइएको छ ।
लामो समय देखि नृत्य निर्देशकको रुपमा चर्चा पाएका पौडेल लोकप्रिय व्यक्ति हुन । सरल स्वभावका सबैसँग मिलनसार पौडेलले युवाहरुको नेतृत्व गर्दै वडाको विकासको लागि आफुले इच्छा प्रकट गरेको बताए ।
विभिन्न सामाजिक काममा सकृय रहेका पौडलको आकाक्षाले पार्टी भित्र पनि छलफलको विषय बनेको छ । उनले टिकट पाएमा जित्न सक्ने धेरै आधारहरु रहेको समर्थकहरुको भनाई छ ।
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया