Trending
अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले मे १३ देखि १५ सम्म चीनको भ्रमण समाज बजेट अभावले गैँडा गणना अर्को वर्ष राजनीति सरकारले डोजर आतंक सिर्जना गरी नागरिकलाई आत्महत्या गर्न बाध्य बनायो : नेकपा राजनीति संघीय संसदको अधिवेशन आजदेखि सुरु हुँदै अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध अन्त्यसम्बन्धी इरानी प्रस्ताव अस्वीकार समाज ठगी गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय कास्कीले दुई जनालाई नियन्त्रणमा राजनीति राष्ट्रिय स्वाधीनता सबैभन्दा अप्ठ्यारोमा : प्रचण्ड राजनीति सभापति रवि लामिछानेले पार्टी सांसदहरूलाई गुटबन्दीमा नलाग्न निर्देशन खेल पुरुष भलिबल प्रतियोगिताको पुरुषतर्फ तनहुँ र पर्वत फाइनल समाज धनुषामा बस दुर्घटना हुँदा १७ यात्रु घाइते

सब स्टेसन बनेको ६ वर्ष पुग्यो, जोडिएन राष्ट्रिय प्रसारण लाइनको बिजुली

सुर्खेत : प्रदेश राजधानी वीरेन्द्रनगरबाहेकका स्थानीय तहमा राष्ट्रिय प्रसारण लाइनको विद्युत् पुग्न सकेको छैन।

जिल्लाको पञ्चपुरी नगरपालिका, वराहताल गाउँपालिका र चौकुने गाउँपालिकाका सबै भू–भाग राष्ट्रिय प्रसारण लाइन नपुगेको हो। यहाँका स्थानीयवासी खमारीखोला लघु जलविद्युत् आयोजना, बाबियाचौर लघु जलविद्युत् आयोजनाबाट उत्पादन भएको बिजुली उपभोग गरिरहेका छन्।

पश्चिम सुर्खेतमा केन्द्रीय प्रसारण  विद्युतको लाइन लिने उद्देश्यका साथ २०७३ सालमा पञ्चपुरी नगरपालिका–६ मा विद्युत सब स्टेसन निर्माण भए पनि तर हालसम्म पनि प्रसारण लाइनसँग जोडिएको छैन। प्रसारण लाइन लिनका लागि वन क्षेत्र प्रयोग गर्नुपर्ने भएपछि समस्या भएको प्राधिकरणको भनाइ छ।

लाइन विस्तारका क्रममा रुख काटिने भएपछि प्रसारण लाइन विस्तार काम रोकिएको थियो। विद्युत् प्राधिकरणले त्यो क्षेत्रमा पोल समेत पुर्‍याइसकेको छ।

 प्राधिकरणले २०७३ सालमा पश्चिम सुर्खेतमा विद्युतीकरण गर्न भन्दै बाबियाचौरमा सब स्टेसन निर्माण गरिएको थियो । सञ्चालनमा नआएपछि भने अहिले सब स्टेसनमा भएका संरचना समेत बिग्रिन थालेका छन्।

 प्राधिकरणको कर्णाली प्रादेशिक कार्यालयले भने आयोजनाको काम चाँडै सुरु हुने जनाएको छ। प्राधिकरणको प्रादेशिक कार्यालय प्रमुख शम्भु कुसियत यादवले भर्खरै मात्र अनुमति पाएकाले छिटै काम सुरु हुने बताए।

३३ केभी विद्युत विस्तारको काम शुरु गरिँदै

कोहलपुर–वीरेन्द्रनगर जोड्ने १३२ केभी प्रिारण लाइन विस्तारमा ढिला हुने देखिएपछि कैलालीबाट ३३ केभी विद्युत् विस्तारको काम शुरु गरिएको छ।कोहलपुरबाट ल्याइएको विद्युतले सुर्खेतसहित अन्य जिल्लाको भार धान्न नसकेपछि थप लाइन वीरेन्द्रनगर ल्याउन लागिएको हो।

वीरेन्द्रनगर ल्याउन लागिएको विद्युत लाइन कैलाली जिल्लाको चिसापानी–सोल्टा–बाबियाचौर–बड्डिचौर–बाँगेसिमल हुँदै वीरेन्द्रनगरस्थित बुदेबुदे सब–स्टेसनमा जोडिनेछ ।

मोहन्याल गाउँपालिकामा विद्युत् विस्तारका लागि सोल्टासम्म ३३ केभी लाइन नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र कैलालीले यसअघि नै विस्तार गरिसकेको छ। सोल्टाबाट बाबियाचौरसम्म लाइन विस्तारका लागि २४ किलोमिटरमा थप पोलिङ र तार विस्तार गर्न ठेक्का आह्वान गरिएको छ।

यो क्षेत्रमा रुख नपर्ने भएकाले असार १५ गतेसम्म सम्झौता गरेर दुई महिनाभित्र बाबियाचौरस्थित विद्युतको सब–स्टेसनमा विस्तार गरिएको लाइन जोडिनेछ।बाबियाचौरमा करिब तीन वर्षअघि नै सब–स्टेशनमा आवश्यक विद्युतका सबै संरचना जडान गरिएको छ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP