Trending
अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले मे १३ देखि १५ सम्म चीनको भ्रमण समाज बजेट अभावले गैँडा गणना अर्को वर्ष राजनीति सरकारले डोजर आतंक सिर्जना गरी नागरिकलाई आत्महत्या गर्न बाध्य बनायो : नेकपा राजनीति संघीय संसदको अधिवेशन आजदेखि सुरु हुँदै अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध अन्त्यसम्बन्धी इरानी प्रस्ताव अस्वीकार समाज ठगी गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय कास्कीले दुई जनालाई नियन्त्रणमा राजनीति राष्ट्रिय स्वाधीनता सबैभन्दा अप्ठ्यारोमा : प्रचण्ड राजनीति सभापति रवि लामिछानेले पार्टी सांसदहरूलाई गुटबन्दीमा नलाग्न निर्देशन खेल पुरुष भलिबल प्रतियोगिताको पुरुषतर्फ तनहुँ र पर्वत फाइनल समाज धनुषामा बस दुर्घटना हुँदा १७ यात्रु घाइते

नेपाली भूमिमा भारतले बाटो बनाउदा सर्वत्र विरोध, परराष्ट्रमन्त्री ज्ञवाली मौनदर्शक

काठमाडौँ । भारतले नेपाली भूमि कालापानी, लिपुलेक हुँदै चीनको तिब्बतस्थित धार्मिकस्थल मानसरोवर जाने सडकमार्ग खोलेप्रति आम नेपाली नागरिकले कडा आपत्ति जनाएका छन् भने सरकार मौन बसेको छ ।

नेपाली पक्षसँग कुनै सल्लाह नगरी एकतर्फी रूपमा निर्माण गरिएको उक्त सडक शुक्रबार भारतका रक्षामन्त्री राजनाथ सिंहले दिल्लीबाट भिडियो कन्फरेन्समार्फत उद्घाटन गर्नुभएको थियो ।

पराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले नेपाली भूमिमा भारतले सडक बनाएर गाडी दौडाएको बारेमा अनविज्ञता व्यक्त गर्दै बुझ्ने काम भइरहेको प्रतिक्रिया दिने गर्नुभएको छ । सडक निर्माण सम्पन्न गरेर उद्घाटन गरिसक्दा समेत सरकारले थाहा नपाउनु अर्को दुर्भाग्यपूर्ण कुरा भएको अधिकांश नेपालीहरुको भनाई छ ।

उनीहरुले यस बारेमा तत्काल भारतसँग वार्ता गरेर नेपाली भुमि फिर्ता गराउन सामाजिक सञ्जाल मार्फत् माग गरेका छन् । त्यसैगरी विभिन्न दलका नेता, नागरिक अगुवा, बुद्धिजिबी, पत्रकारलगायतले पनि सडक निर्माण भइसक्दासम्म नेपाल सरकार बेखबर हुनु सरकारको राष्ट्रवाद उदाङ्गो भएको आरोप लगाएका छन् ।

काँग्रेस नेता डा चन्द्र भण्डारीले नेपाली भूमि लिपुलेकमा भारतले सडक बनाई उद्घाटन गर्दा समेत नेपालको संसदमा नेताहरुको सम्बोधनका क्रममा एक शब्द नबोल्नु दुर्भाग्य भएको टिप्प्णी गर्नुभएको छ । उहाँले सम्बन्धित मन्त्रीहरु निरिह देखिएको र यस्तो अवस्थाम पनि सत्तारुढ दलका नेताहरु सिंहासनको म्युजिकल रेसमा दौडीनु दुखद भएको बताउनु भएको छ ।

भारतले २०१९ नोभेम्बरमा दार्चुलाको उत्तर–पश्चिम क्षेत्रमा पर्ने उक्त भूभागलाई आफ्नोपट्टि पार्दै नयाँ राजनीतिक नक्सा जारी गरेपश्चात् उत्पन्न समस्या समाधान नभइरहेका बेला चीन जोड्ने सडकमार्ग बनाएको हो ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP