Trending
स्वास्थ्य मधुमेहबाट बच्न अनुशासित जीवन शैलीमा ध्यान दिऔँ : उपराष्ट्रपति यादव खेल कुशल भुर्तेल १३ रन बनाएर आउट राजनीति इलामबाट सिक्यौँ, ०८४ मा एकलौटी सरकार बनाउने गरी लाग्छौँ : रास्वपा समाज पत्रकारको सुरक्षामा ध्यान दिन माग राजनीति एडिबीले जलवायु परिवर्तनको असरसँग जुध्न नेपाललाई सहयोग बढाउने समाज मिडिया एक्सन नेपाल : कस्तो छ पत्रकारको अवस्था? समाज स्थापना दिवस मनाउँदै सूचना आयोग अन्तर्राष्ट्रिय इजरायल र हमासबीच युद्धविरामको प्रयास असफल समाज विश्वको प्रदूषित शहरको सूचीमा आज दोस्रो नम्बरमा काठमाडौं राजनीति सुदूरपश्चिममा मुख्यमन्त्रीले विश्वासको मत लिने कार्य अन्योलमा

कपिलवस्तुमा सभ्य, फरक र रङ्गको माध्यमबाट एकआपसमा खुसी साटासाट गरि होली मनाइयो



शिवराज अनलाइन, कृष्णनगर । विगतको वर्ष भन्दा यस वर्ष होली पर्व कपिलवस्तुमा फरक ढङ्गले मनाइएको छ । हिलो, लोला हान्ने र जबरजस्ती रङ्ग र अबिर दल्ने परम्परालाई हटाउँदै होली बनाएका हुन् । होलीलाई पर्वलाई उछृङ्खल गतिविधिलाई मध्यनजर गर्दै यस पाली सभ्य र सामाजिक सद्भाव कायम गरि मनाइएको हो ।

मधेशी, पहाडी समुदायका मानिसले एकआपसमा रङ्ग र अबिर दलेर शुभकामना आदानप्रदान गरी होली मनाएका हुन् । कपिलवस्तुको विभिन्न सङ्घसंस्थाले समेत सामूहिक होली मनाएका छन् । जिल्लाको तौलिहवा, जितपुर, चन्द्रौटा, गोरूसिंहेमा मंगलबार पर्व मनाइएको छ । त्यस्तै कृष्णनगर, बहादुरगंज, महाराजगञ्ज, पकडीमा बुधवार हर्षोउल्लासका साथ हाली पर्व मनाइएको छ ।

जिल्लामा प्रशासनले पर्वका अवसरमा घट्न सक्ने घट्नालाई दृष्टिगत गरी बिहानदेखि सुरक्षा व्यवस्था कडा पारिएको थियो । प्रहरीले विभिन्न क्षेत्रमा जाँच गरी अवाञ्छित क्रियाकलाप हुन नदिन सतर्कता बढाएको थियो । पर्व मनाउने नाममा व्यक्तिको इच्छा विपरीत जथाभावी रङ्ग दल्ने, लोला हान्ने, सार्वजनिक स्थानमा होहल्ला गर्ने लगायतका कार्यलाई नियन्त्रण गरिएको कपिलवस्तु प्रहरीले जनाएको छ ।

असत्यमाथि सत्यको विजयको प्रतीक, पारिवारिक एवम् सामाजिक एकताको पर्वका रुपमा देशभर होली पर्व मनाउने प्रचलन रही आएको छ । होलीमा एक आपसमा रङ्ग दलेर पर्व मनाउने गरिन्छ ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP