Trending
स्वास्थ्य मधुमेहबाट बच्न अनुशासित जीवन शैलीमा ध्यान दिऔँ : उपराष्ट्रपति यादव खेल कुशल भुर्तेल १३ रन बनाएर आउट राजनीति इलामबाट सिक्यौँ, ०८४ मा एकलौटी सरकार बनाउने गरी लाग्छौँ : रास्वपा समाज पत्रकारको सुरक्षामा ध्यान दिन माग राजनीति एडिबीले जलवायु परिवर्तनको असरसँग जुध्न नेपाललाई सहयोग बढाउने समाज मिडिया एक्सन नेपाल : कस्तो छ पत्रकारको अवस्था? समाज स्थापना दिवस मनाउँदै सूचना आयोग अन्तर्राष्ट्रिय इजरायल र हमासबीच युद्धविरामको प्रयास असफल समाज विश्वको प्रदूषित शहरको सूचीमा आज दोस्रो नम्बरमा काठमाडौं राजनीति सुदूरपश्चिममा मुख्यमन्त्रीले विश्वासको मत लिने कार्य अन्योलमा

गठबन्धनमा संख्यामा मात्रै सहमति, आज होला त मन्त्रिपरिषद विस्तार ?


काठमाडौं : सत्ता गठबन्धन दलहरू मन्त्रालय भागबन्डाको संख्यामा सहमतिनजिक पुगेका छन्। कुन दलले कुनकुन मन्त्रालय पाउने भन्नेमा भने अझै टुंगोमा पुगि नसकेको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सचिवालयले जनाएको छ।

सचिवालयका अनुसार आज बिहान गठबन्धनको बैठक बसेर मन्त्रालयको भागबण्डा बारेमा टुंगो लगाउने र आजै मन्त्रीको शपथ गराउने तयारी रहेको छ।

कसलाई कति मन्त्रालय

प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार बिहान र दिउँसो गरी दुई चरणमा बसेको गठबन्धनको बैठकमा दलहरूले पाउने मन्त्रालयको सङ्ख्या टुङ्गो लागेको नेताहरूले दाबी गरेका छन्।

जसअनुसार गठबन्धनमा कांग्रेसले ८, माओवादी केन्द्रले ५, एकीकृत समाजवादीले २, जसपाले २, लोसपा, नागरिक उन्मुक्ति, नेपाल समाजवादी पार्टी र प्रभु साहले एक–एक मन्त्रालय लिने सहमति भएको छ।

सरकारलाई विश्वासको मत दिएको राष्ट्रिय स्वतन्त्र पार्टीको भागमा भने मन्त्रालय परेको छैन। प्रधानमन्त्रीले प्रचण्डले उसका लागि मन्त्रालय छुट्याउने तयारी गरेका छन्। रास्वपा सरकारमा सहभागी भएका आफू एउटा मन्त्रालय छोड्न प्रधानमन्त्री तयार रहेको बताइएको छ।

कांग्रेस कार्य सम्पादन बस्दै

सत्ता साझेदारको प्रमुख हिस्सा रहेको नेपाली कांग्रेसको केन्द्रीय कार्य सम्पादनको बैठक बस्दै छ। आज विहान ११ बैठक बस्ने र कांग्रेसले मन्त्रीको नाम टुंगो लगाउने कांग्रेसको तयारी छ। कांग्रेस प्रवक्ता डाक्टर प्रकाशशरण महतले कोको मन्त्री बन्नेबारेमा आजको कार्यसम्पादको बैठकले टुंगो लगाउने बताए।

एकीकृतले मन्त्रीको नाम टुंगो लगायो

नेकपा एकीकृत समाजवादीले पार्टी उपाध्यक्ष वेदुराम भुसाल र प्रमुख सचेतक प्रकाश ज्वालालाई मन्त्री बनाउने भएको छ। उपाध्यक्ष भुसालको नेतृत्वमा ज्वालालाई सरकारमा सहभागी गराइने भएको हो। बुधबार बसेको पार्टी पदाधिकारी बैठकले भुसाल र ज्वालालाई सरकारमा पठाउने निर्णय गरेको हो। तीन मन्त्रालय आफ्नो दलले पाउनुपर्ने दाबी गर्दै आएकोमा एकीकृत समाजवादीले अन्ततः दुई वटा मन्त्रालय पाउने सहमति बनेको हो।

मन्त्रिपरिषद्लाई पूर्णता दिएपछि न्यूनतम साझा कार्यक्रम सार्वजनिक गर्ने सरकारको तयारी छ। त्यसपछि प्रधामनमन्त्री प्रचण्ड भारत भ्रमणमा जाने तयारी छ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP