Trending
अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले मे १३ देखि १५ सम्म चीनको भ्रमण समाज बजेट अभावले गैँडा गणना अर्को वर्ष राजनीति सरकारले डोजर आतंक सिर्जना गरी नागरिकलाई आत्महत्या गर्न बाध्य बनायो : नेकपा राजनीति संघीय संसदको अधिवेशन आजदेखि सुरु हुँदै अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध अन्त्यसम्बन्धी इरानी प्रस्ताव अस्वीकार समाज ठगी गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय कास्कीले दुई जनालाई नियन्त्रणमा राजनीति राष्ट्रिय स्वाधीनता सबैभन्दा अप्ठ्यारोमा : प्रचण्ड राजनीति सभापति रवि लामिछानेले पार्टी सांसदहरूलाई गुटबन्दीमा नलाग्न निर्देशन खेल पुरुष भलिबल प्रतियोगिताको पुरुषतर्फ तनहुँ र पर्वत फाइनल समाज धनुषामा बस दुर्घटना हुँदा १७ यात्रु घाइते

नेपाल घुमेर जीवनभर आनन्द लिन श्रीलंकन नागरिकलाई व्यवसायीको आग्रह

कोलम्बो (श्रीलंका), असार १७।

नेपाल–श्रीलंकका सरकारी उच्च अधिकारी, पर्यटन व्यवसायी तथा विज्ञहरुको सहभागितामा श्रीलंकाको कोलम्बोमा नेपाल प्रबद्र्धन कार्यक्रम सम्पन्न भएको छ । बुद्ध जन्मस्थलसहित नेपालका धार्मिक तथा अन्य पर्यटकीय गन्तव्यहरुको अन्तर्राष्ट्रियस्तरमा प्रसारप्रसार गर्ने र नेपालमा पर्यटक भित्र्याउन टेवा पुर्याउने उद्देश्यले नेपाल प्रबद्र्धन कार्यक्रम गरिएको हो । अन्तर्राष्ट्रिय जगतमा लुम्बिनी र यस आसपासका क्षेत्रसँगै मुलुकका धार्मिक तथा ऐतिहासिक पर्यटकीयस्थलको प्रचारप्रसार र प्रबद्र्धन गर्ने उद्देश्यले नेपाल पर्यटन बोर्ड र सिद्धार्थ होटल संघ (सान) को आयोजनामा श्रीलंकका दुई सहरमा नेपाल प्रबद्र्धन कार्यक्रम भएको आयोजकले जनाएका छन् ।

२८ जुनमा क्याण्डीमा नेपाल प्रबद्र्धन कार्यक्रम गरेका व्यवसायीले १ जुन (शनिबार) कोलम्बोमा नेपाल प्रबद्र्धन र विजनेस टु विजनेस (विटुबी) कार्यक्रम गरेका हुन् । कार्यक्रमले लुम्बिनीसहित बुद्धिष्ट सर्किटको श्रीलंकामा प्रचार–प्रसार मार्फत नेपाललाई पर्यटकीय हव बनाउने सन्दर्भमा गहन छलफल भएको आयोजक संस्था होटल संघका अध्यक्ष चन्द्रप्रकाश श्रेष्ठले जानकारी दिए । यस्तै, व्यवसायीले कार्यक्रममा आफ्नो टुर प्याकेज प्रबद्र्धन गरेका थिए भने श्रीलंकाबाट गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा सिधा उडानका लागि पहल गर्नुका साथै लुम्बिनीबाट बौद्ध सर्किटको टूर प्याकेज बनाउन आग्रह गरेका छन् । हिमाल, पहाड र तराईको विविधताले भरिएको मुलुक विरलै पाइने जनाउँदै यो नेपालको विविधताभित्रको उत्कृष्टता भएको जनाए ।

कार्यक्रमको उद्घाटन गर्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव सुरेश अधिकारीले नेपाल ऐतिहासिक पर्यटकीय गन्तव्य भएको जनाउँदै श्रीलंकन नागरिकलाई नेपाल घुमेर विशिष्ट अनुभव लिन आग्रह गरे । ‘धार्मिक, साहसिक, पर्यापर्यटनका लागि नेपाल विश्वमै सर्वोत्कृष्ट मध्यको एक गन्तव्य हो, तपाईंहरुले टुर प्याकेज बनाएर नेपालका गन्तव्यहरु घुमेर आनन्द लिनुस्, नेपालमा स्वागत गर्न हामी आतुर छौं’, सचिव अधिकारीले भने । उनले श्रीलंका र नेपालको सम्बन्ध दशकौंदेखिको रहेको बताउँदै यो सम्बन्धलाई अझै मजबुत बनाउँदै एकअर्का देशमा भ्रमण गरेर नयाँनयाँ अनुभव र अनुभूति लिन आह्वान गरे ।

सचिव अधिकारीले गौतमबुद्ध विमानस्थलमा कम्तिमा हप्तामा एउटा उडान गर्न श्रीलंकन एयरलाइन्सलाई आग्रह गरे । उनले नेपाल एयरलाइन्सले पनि श्रीलंका उडानको तयारी गरिरहेको जनाउँदै यसले दुबै देशको पर्यटन प्रबद्र्धन र पर्यटकीय क्षेत्रको विकासमार्फत् फाइदा पुर्याउने उल्लखे गरे । नेपाल हरेक हिसाबले आकर्षक मुलुक भएकाले अन्तर्राष्ट्रिय टुर प्याकेज बनाउँदा नेपाललाई पहिलो प्राथमिकतामा राख्न उपस्थित व्यवसायीलाई अनुरोध गरे ।

संघका अध्यक्ष श्रेष्ठले धेरैभन्दा धेरै श्रीलंकन नागरिकलाई लुम्बिनीमा स्वागत गर्न आफूहरु आतुर रहेको जनाए । उनले बुद्धजन्मस्थल भ्रमण गरेर मात्रै अन्य स्थलहरुको भ्रमण प्रारम्भ गर्न आग्रह गरे । अध्यक्ष श्रेष्ठले जीवनभर आफ्नो भ्रमणको आनन्द लिनका लागि पहिला नेपाल घुम्नु पर्ने जनाए । ‘नेपाल घुमेर जुन विविधतापूर्ण आनन्द लिन सकिन्छ, अन्य मुलुकमा सकिँदैन,’ उनले भने, ‘त्यसैले आफ्नो बैदेशिक भ्रमणमा पहिला नेपाललाई रोज्नुस् । तपाईंहरुको सेवा र सत्कारका लागि हामी आतुर छौं ।’

अध्यक्ष श्रेष्ठले कोलम्बो र क्याण्डी सहरमा भएको लुम्बिनीसहित नेपाल प्रबद्र्धन कार्यक्रमले श्रीलंकाका पर्यटक नेपाल भ्रमणमा अत्यधिक आउने विश्वास व्यक्त गरे । उनले श्रीलंकन पर्यटकले नेपाल–भारत सीमानाका सुनौली–बेलहियामा समस्या झेलिरहेकोे गुनासो अत्यधिक गरेको जनाउँदै नेपाल सरकारले त्यसलाई समाधान गर्न पहल गर्नुपर्ने जनाए । नेपाल प्रबद्र्धनका यस्ता कार्यक्रम अन्य मुलुकमा पनि गर्नुपर्ने जनाउँदै उनले यसले मुलुको पर्यटन विकाससँगै आर्थिक विकासमा टेवा पुग्ने जनाए । उनले श्रीलंकन व्यवसायी र एयरलाइन्सलाई गौतमबुद्ध विमानस्थलमा सिधा उडान भर्न आग्रहसमेत गरे ।

उनले यो कार्यक्रमले पर्यटन प्रबद्र्धन कसरी गर्नुपर्छ भन्ने कुरा सिकाएको जनाए । उनले श्रीलंकनहरु नेपाल आउन इच्छुक रहेको पाइएको जनाउँदै आगामी दिनमा लुम्बिनीसहित मुलुकभर श्रीलंकन नागरिक अत्यधिक भित्रिने विश्वास व्यक्त गरे । नेपाल पर्यटन बोर्डका प्रबन्धक सुमन घिमिरेले मुलुकको पर्यटकीयस्थलका बारे जानकारी दिँदै नेपाल आएर आनन्द लिन अनुरोध गरे । उनले नेपाल बहुआयामिक पर्यटकीय गन्तव्य भएको जनाउँदै एकपटक नेपाल आएर आफ्नो अनुभव संगाल्न श्रीलंकनहरुलाई अपिल गरे । अध्यक्ष श्रेष्ठले कोरोना महामारीपछि नेपालको पर्यटन क्षेत्र पूर्ववतः अवस्थामा फर्किएको, होटल र पूर्वाधार पर्याप्त रहेको, कनेक्टिभिटी बढेको, श्रीलंकाका पर्यटकलाई स्वागत गर्न आफूहरु आतुर रहेको जानकारी गराए ।

श्रीलंकाका ओभर्सिज बुद्धिष्ट टुर अर्गनाइजेसन एशोसिएसनका सचिव महेन्द्र हलोलुवाल नेपाल जान धेरै श्रीलंकनहरु इच्छुक रहेको जनाए । उनले नेपाल उत्कृष्ट र सुन्दर पर्यटकीय मुलुक भएको जनाउँदै आफूहरुले टूर प्याकेज बनाउँदा नेपाललाई पहिलो प्राथमिकतामा राखेर अघि बढीरहेको जनाए । ‘आउँदा दिनमा हामीले पहिलो नम्बरमा नेपाललाई राखेर टूर प्याकेज बनाउँछौं, सुन्दर र भगवान बुद्धको देश नेपाल घुम्न हामी श्रीलंकनहरु आतुर छौं’, उनले भने, ‘यसका लागि नेपाल सरकारले श्रीलंकन नागरिकलाई फ्रि भिसाको व्यवस्था गरे हामी खुशी हुनथियौं ।’ उनले बुद्ध जन्मिएको देशमा एकपटक पाइला टेक्न श्रीलंकन जति अन्य मुलुकका नागरिक लालायित नहुने जनाए । हलोलुवानले भारत हुँदै लुम्बिनी जाँदा सीमा क्षेत्रमा भारतीय पक्षबाट केही दुःख दिने काम भइरहेको जनाउँदै त्यसलाई समाधान गर्न आग्रह गरे ।

श्रीलंकन भिक्षु उदय धम्म थेरोले धार्मिक तथा प्राकृतिक सुन्दरताले भरिपूर्ण मुलुक नेपाल श्रीलंकन नागरिकको मनमुटुमा रहेको जनाए । उनले नेपाल घुमेर आनन्द लिने सबै श्रीलंकनहरुको चाहना रहेको जनाउँदै त्यसका लागि यस्ता कार्यक्रमले महत्वपूर्ण योगदान दिने जनाए । उनले श्रीलंकन नागरिकलाई नेपाल घुम्न निम्तो दिन आफ्नो मुलुकमा आएकोमा धन्यवाद दिँदै जतिसक्दो धेरै श्रीलंकनहरुलाई लुम्बिनीसहितका बौद्धस्थल र पोखरा, मुक्तिनाथ, पशुपति, जनपुर घुम्न आग्रह गरे ।

श्रीलंकन लोटस टुर्स एण्ट ट्राभल्सका अध्यक्ष्

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP