Trending
अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले मे १३ देखि १५ सम्म चीनको भ्रमण समाज बजेट अभावले गैँडा गणना अर्को वर्ष राजनीति सरकारले डोजर आतंक सिर्जना गरी नागरिकलाई आत्महत्या गर्न बाध्य बनायो : नेकपा राजनीति संघीय संसदको अधिवेशन आजदेखि सुरु हुँदै अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध अन्त्यसम्बन्धी इरानी प्रस्ताव अस्वीकार समाज ठगी गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय कास्कीले दुई जनालाई नियन्त्रणमा राजनीति राष्ट्रिय स्वाधीनता सबैभन्दा अप्ठ्यारोमा : प्रचण्ड राजनीति सभापति रवि लामिछानेले पार्टी सांसदहरूलाई गुटबन्दीमा नलाग्न निर्देशन खेल पुरुष भलिबल प्रतियोगिताको पुरुषतर्फ तनहुँ र पर्वत फाइनल समाज धनुषामा बस दुर्घटना हुँदा १७ यात्रु घाइते

‘लम्पी स्किन’ बाट सङ्क्रमित ६ लाख ८२ हजार पशुमध्ये ४ लाख ९ हजार निको

गाईभैँसीमा लाग्ने रोग ‘लम्पी स्किन’ बाट सङ्क्रमित ६ लाख ८२ हजार पशुमध्ये ४ लाख ९ हजार निको भएका छन् ।

अझै पनि २ लाख ४७ हजारभन्दा धेरै पशु सङ्क्रमित रहेका पशु सेवा विभागले जनाएको छ ।

मनाङबाहेक सबै जिल्लामा यो रोग फैलिएको छ । अहिलेसम्म २५ हजार भन्दा धेरै पशु मरेका छन् ।

पशु सेवा विभागले यो रोग नियन्त्रणउन्मुख रहेको दाबी गरेको छ । तर लम्पी स्किन रोग लगाउने भाइरस गोठको वातावरणमा लामो समयसम्म जीवित रहने हुँदा जोखिम कायमै रहेको विभागको भनाइ छ ।

यो रोग लागेर मरेका पशुहरूको उचित तरिकाले व्यवस्थापन गर्न डाक्टरको सुझाव छ ।

मरेका पशुलाई छिटो गाड्ने वा जलाउने गर्न सकिन्छ । विभिन्न जिल्लामा यो रोग फैलिएपछि दूध उत्पादनमा ह्रास आएको छ ।

गाईभैँसीमा लम्पी स्किन रोगका लक्षण जस्तै ज्वरो आउने, झोक्राउने, दानापानी कम खाने, दूध उत्पादन घट्ने, छालामा एकदेखि पाँच सेन्टिमिटरको साह्रो गोलो गिर्खा देखिने, ओठ, मुख र नाकभित्र घाउ देखिने, आँखा र नाकबाट अत्यधिक मात्रामा तरल पदार्थ आउने, र्‍याल काढ्ने, लिम्फनोडहरू सुनिने हुन्छ ।

लक्षणबाट जटिल अवस्था भएपछि पशु मर्ने गरेका छन् । लामखुट्टे, किर्ना र भुसुना जस्ता कीराले यो रोग सार्ने गर्छन् ।

गर्मी र मनसुनका बेला लामखुट्टे, किर्ना र भुसुना सक्रिय हुने गर्छन् । रोग सार्ने माध्यम सक्रिय हुन नदिन, सङ्क्रमित गाईबस्तुको ओसारपसारमा ध्यान दिन र दानापानीमा सावधानी अपनाउन सकेमा रोग नियन्त्रण गर्न सकिने पशु सेवा विभागका सूचना अधिकारी चन्द्र ढकालले बताउनुभयो ।

सामान्य सावधानी अपनाउन नसक्दा यो रोग फैलिएका कारण किसानले ठूलो नोक्सानी व्यहोनु परेको छ ।

यो रोग लागेर गाई हटाएको ठाउँमा कम्तिमा २१ दिनसम्म अर्को स्वस्थ गाई राख्न नहुने र नयाँ गाई राख्नुपर्दा कम्तिमा २८ दिन पहिले नै यो रोगविरुद्धको खोप लगाउनुपर्ने विज्ञले बताएका छन् ।

नेपालमा अहिलेसम्म पनि लम्पी स्किन विरुद्ध खोपको उचित व्यवस्था हुन नसक्दा पनि समस्या बढेको छ ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP