Trending
अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले मे १३ देखि १५ सम्म चीनको भ्रमण समाज बजेट अभावले गैँडा गणना अर्को वर्ष राजनीति सरकारले डोजर आतंक सिर्जना गरी नागरिकलाई आत्महत्या गर्न बाध्य बनायो : नेकपा राजनीति संघीय संसदको अधिवेशन आजदेखि सुरु हुँदै अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध अन्त्यसम्बन्धी इरानी प्रस्ताव अस्वीकार समाज ठगी गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय कास्कीले दुई जनालाई नियन्त्रणमा राजनीति राष्ट्रिय स्वाधीनता सबैभन्दा अप्ठ्यारोमा : प्रचण्ड राजनीति सभापति रवि लामिछानेले पार्टी सांसदहरूलाई गुटबन्दीमा नलाग्न निर्देशन खेल पुरुष भलिबल प्रतियोगिताको पुरुषतर्फ तनहुँ र पर्वत फाइनल समाज धनुषामा बस दुर्घटना हुँदा १७ यात्रु घाइते

सिद्धबाबा सुरुङमार्गको रिप पहिरोले भत्कायो

बुटवल, ९ साउन ।  निर्माणाधिन सिद्धबाबा सुरुङमार्गको रिप (अर्ध गोलो डिजाइन) पहिरोले भत्काएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा बन्ने सुरूङमार्गका लागि डाइर्भसन सकेर टनेल पोर्टलको काम भइरहेका बेला सुरुङमार्गको प्रस्थानविन्दु बुटवलतर्फको रिपलाई मँगलबार वर्षासँगै झरेको पहिरोले भत्काएको हो । बुटवल–पाल्पा सडकखण्डको शिद्धबाबामा बर्खाको समयमा समेत सुरुमार्ग निर्माणको काम भइरहेको छ । सिद्धार्थ राजमार्ग अन्तर्गत सुरूङमार्गमा अहिले टनेल पोर्टलको काम भइरहेको आयोजनाले जनाएको छ ।

सुरूङमार्गका इन्जिनियर युधिष्टर पन्थीले चौविसै घण्टा सुरूङमार्ग निर्माणको काम भइरहेको बताए । आयोजनाको निर्माण कम्पनी चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनले काम गरिरहेको छ ।

आयोजनाका अनुसार १ हजार १२६ मिटर लामो सुरूङ पाल्पाको दोभानबाट शुरु भएर बुटवलको चिडिया खोला रामपिथेकस पार्कसम्म ल्याइने छ ।सुरूङमार्गको लागत १० अर्ब रूपैयाँ अनुमान गरिएको छ ।

स्विस सरकारको विकास सहयोगमार्फत सुरूङ मार्ग निर्माणका लागि भौगर्भिक अध्ययन गरिएको थियो । सुरूङमार्ग ५ वर्षभित्र बन्ने गरी ठेक्का प्रदान गरिएको हो । ठेक्का लगाएको करिब १४ महिना पूरा भएको छ । रातिको समयमा बाटो बन्द गरेर काम भइरहेको आयोजनाले जनाएको छ ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP