Trending
अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले मे १३ देखि १५ सम्म चीनको भ्रमण समाज बजेट अभावले गैँडा गणना अर्को वर्ष राजनीति सरकारले डोजर आतंक सिर्जना गरी नागरिकलाई आत्महत्या गर्न बाध्य बनायो : नेकपा राजनीति संघीय संसदको अधिवेशन आजदेखि सुरु हुँदै अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध अन्त्यसम्बन्धी इरानी प्रस्ताव अस्वीकार समाज ठगी गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय कास्कीले दुई जनालाई नियन्त्रणमा राजनीति राष्ट्रिय स्वाधीनता सबैभन्दा अप्ठ्यारोमा : प्रचण्ड राजनीति सभापति रवि लामिछानेले पार्टी सांसदहरूलाई गुटबन्दीमा नलाग्न निर्देशन खेल पुरुष भलिबल प्रतियोगिताको पुरुषतर्फ तनहुँ र पर्वत फाइनल समाज धनुषामा बस दुर्घटना हुँदा १७ यात्रु घाइते

सुन तस्करी प्रकरणमा थप ४ जना चिनियाँ पक्राउ

काठमाण्डाै – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पक्राउ परेको सुन तस्करी प्रकरणको अभियोगमा केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले आज बुधवार थप चार जना चिनियाँ नागरिकलाई पक्राउ गरेको छ ।

पक्राउ पर्ने चिनियाँ नागरिकमा डीङ सेग्फा, वेन तोङ, ली–नेङकाई र टीयान मी रहेका नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता, प्रहरी नायब महानिरीक्षक कुबेर कडायतले जानकारी दिनुभयो । उहाँका अनुसार पक्राउ परेका चिनियाँ नागरिकलाई अवैध सुन ओसारपसार तथा सङ्गठित अपराधअन्तर्गत मुद्दा चलाइने छ ।

उनीहरूलाई काठमाण्डाैका विभिन्न ठाउँबाट पक्राउ गरिएको सीआईबीले जनाएको छ । सुन तस्करी प्रकरणमा पक्राउ पर्नेको सङ्ख्या २१ पुगेको प्रहरी नायब महानिरीक्षक कडायतले बताउनुभयो ।

राजस्व अनुसन्धान विभागले यही साउन ३ गते सुनसहितको एक सय ५५ किलो ‘ब्रेक शु’ बरामद गरेको थियो । तर यही मङ्गलवार गालेर जोख्दा ६० किलो मात्र सुन भएको पुष्टि भएको थियो ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP