Trending
अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले मे १३ देखि १५ सम्म चीनको भ्रमण समाज बजेट अभावले गैँडा गणना अर्को वर्ष राजनीति सरकारले डोजर आतंक सिर्जना गरी नागरिकलाई आत्महत्या गर्न बाध्य बनायो : नेकपा राजनीति संघीय संसदको अधिवेशन आजदेखि सुरु हुँदै अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध अन्त्यसम्बन्धी इरानी प्रस्ताव अस्वीकार समाज ठगी गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय कास्कीले दुई जनालाई नियन्त्रणमा राजनीति राष्ट्रिय स्वाधीनता सबैभन्दा अप्ठ्यारोमा : प्रचण्ड राजनीति सभापति रवि लामिछानेले पार्टी सांसदहरूलाई गुटबन्दीमा नलाग्न निर्देशन खेल पुरुष भलिबल प्रतियोगिताको पुरुषतर्फ तनहुँ र पर्वत फाइनल समाज धनुषामा बस दुर्घटना हुँदा १७ यात्रु घाइते

आँखा पाक्ने रोगको जोखिम बढेसँगै शिवराज नगरपालिका वडा ३ ले गाउँमै पुगेर आँखा शिविर सञ्चालन

माधव बेल्वासे
कपिलवस्तु
आँखा पाक्ने रोगको जोखिम बढेसँगै शिवराज नगरपालिका वडा ३ ले गाउँमै पुगेर आँखा शिविर सञ्चालन गरेको छ । वडाका नागरिकहरूलाई आँखाको रोगबाट बचाउन निःशुल्क शिविर सञ्चालन गरेको वडा अध्यक्ष टेकलाल सापकोटाले बताए । सापकोटाकै नेतृत्वमा वडाका विभिन्न गाउँमा पुगेर नागरिकहरूका आँखा जाँच गरिएको हो । ‘हरेक नागरिकहरूलाई पायक पर्ने गरी आँखा शिविर आयोजना गरिएको छ, सापकोटाले भने, ‘अहिले महामारीको रूपमा आँखा पाक्ने रोग रहेकोले शिविर आयोजना गरिएको हो, ।’
वडाको खरेन्द्रपुर,मदवा र बलुहवामा शिविर सञ्चालन भएको छ । बिहीबार बलुहवामा आयोजित शिविरमा आँखा जाँच गर्ने नागरिकहरूको भिड लाग्यो । आँखा दुख्ने,आँखा पाक्ने,मोतिया बिन्दुको समस्या लगायतका बिरामीहरूले शिविरबाट लाभ लिएका छन् । शिविरबाट वृद्धवृद्धाहरु बढि लाभान्वित भएका छन् । छन्द काले बाबु नारायणी आँखा अस्पताल बहादुरगंजको स्वास्थ्यकर्मीको टोलीले आँखा जाँच गरेको हो ।
बलुहवाकी सोनमती थारु गाउँमै आँखा जाँच गर्न पाएकोमा खुसी छिन् । उनले परिवारका सबै सदस्यको आँखा जाँच गराएकी छिन् । वडा कार्यालयले अहिलेको महामारीको समयमा नागरिकहरूको लागि शिविर सञ्चालन गरेको धन्यवाद समेत दिइन् । बलुहवा टोल विकास संस्थाले केही दिन अघि नै शिविरमा सहभागी हुन आग्रह गरिसकेको थियो ।
खरेन्द्रपुरमा भएको शिविरमा ७४९ जनाको आँखा जाँच गरिएको छ जसमा ४१ जनाको मोतिया विन्दुको अप्रेसन गरिएको हो । त्यस्तै मदवामा भएको आँखा शिविरमा ३९० जनाले जाँच गराएका छन । ती मध्ये २२ जना मोतियाविन्दुका बिरामी रहेकोले अप्रेसनको लागि बहादुरगंज पठाइएको चनइ स्वास्थ्य चौकीका प्रमुख जित बहादुर बिसीले बताए । शिविरमा उल्लेखनीय सहभागिता देखिएको आँखा अस्पतालका प्रशासकीय अधिकृत जसराज विश्वकर्माले बताए ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP