
रुकुम पश्चिम – रुकुम पश्चिमको दुई छुट्टाछुट्टै ठाउँमा दुई जनाको शव फेला परेको छ ।
मुसीकोट नगरपालिका–११ र आठबिसकोट नगरपालिका–६ मा दुई पुरुषको शव सडेको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक विष्णुप्रसाद श्रेष्ठका अनुसार मुसीकोट नगरपालिका–११ भलाक्चाका ५९ वर्षीय पिताराम नेपालीको शव स्थानीय सिस्नेखोलीको जङ्गलमा भेटिएको हो । नेपाली गएको साउन १७ गतेदेखि हराउनुभएको थियो ।
त्यस्तै, आठबिसकोट नगरपालिका–६ झोडेनीमा छिमीगाउँका आसे बोहराको शव भेटिएको छ । फेला परेका शवको थप अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया