Trending
अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले मे १३ देखि १५ सम्म चीनको भ्रमण समाज बजेट अभावले गैँडा गणना अर्को वर्ष राजनीति सरकारले डोजर आतंक सिर्जना गरी नागरिकलाई आत्महत्या गर्न बाध्य बनायो : नेकपा राजनीति संघीय संसदको अधिवेशन आजदेखि सुरु हुँदै अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध अन्त्यसम्बन्धी इरानी प्रस्ताव अस्वीकार समाज ठगी गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय कास्कीले दुई जनालाई नियन्त्रणमा राजनीति राष्ट्रिय स्वाधीनता सबैभन्दा अप्ठ्यारोमा : प्रचण्ड राजनीति सभापति रवि लामिछानेले पार्टी सांसदहरूलाई गुटबन्दीमा नलाग्न निर्देशन खेल पुरुष भलिबल प्रतियोगिताको पुरुषतर्फ तनहुँ र पर्वत फाइनल समाज धनुषामा बस दुर्घटना हुँदा १७ यात्रु घाइते

कोशी प्रदेशमा डेङ्गीबाट ज्यान गुमाउनेको सङ्ख्या १४ पुग्यो, २२ हजारभन्दा धेरै सङ्क्रमित

काठमाण्डाै – डेङ्गी सङ्क्रमणबाट कोशी प्रदेशमा अहिलेसम्म १४ जनाले ज्यान गुमाएका छन् । २२ हजार दुई सय ३७ जना सङ्क्रमित भएका छन् ।

डेङ्गीबाट सबैभन्दा धेरै सुनसरी जिल्ला प्रभावित छ । सुनसरीमा मात्रै १२ जनाले ज्यान गुमाएका प्रदेश स्वास्थ्य निर्देशनालय धनकुटाका जनस्वास्थ्य अधिकृत विवेचना चम्लागाईँले जानकारी दिनुभयो । उहाँका अनुसार सुनसरीमा मात्रै झण्डै १६ हजार जना सङ्क्रमित भएका छन् ।

कोशी प्रदेशको सुनसरीसहित १४ वटै जिल्लामा डेङ्गीको सङ्क्रमण फैलिएको छ । उहाँका अनुसार मोरङमा तीन हजार तीन सय ६३ सङ्क्रमित हुँदा एक जनाको ज्यान गएको छ । झापामा एक हजार चार सय २० सङ्क्रमित छन् ।

झापामा पनि एक जनाको ज्यान गएको तथ्याङ्क छ । देशका ७५ वटा जिल्लामा डेङ्गी फैलिएको छ । स्वास्थ्य मन्त्रालयको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार कर्णालीको मुगु र हुम्लामा यसवर्ष डेङ्गीको सङ्क्रमण भेटिएको छैन ।

महाशाखाका प्रमुख रुद्र मरासिनीका अनुसार देशभरको पूर्ण विवरण सङ्कलन गर्ने काम भैरहेको छ । उहाँले सङ्क्रमण अझै उच्च बिन्दुमा जान सक्ने भएकाले सङ्क्रमण बढ्न नदिन सबैले सतर्कता अपनाउँदै रोग नियन्त्रण र रोकथाममा सहयोग गर्नुपर्ने बताउनुभयो । विशेष गरी गर्मी र बर्खायाममा लामखुट्टेको टोकाइबाट लाग्ने डेङ्गी फैलिने गरेको छ । केही दिन पानी पर्ने अनि घाम लाग्ने हुँदा तापक्रममा आउने उतारचढावले सङ्क्रमण फैलिने गरेको छ ।

डेङ्गी रोग एडिज एजिप्टी र एडिज एल्बोपिक्टस प्रजातिको लामखुट्टेको टोकाइबाट सर्छ । नेपालमा असोज महिनामा प्रकोप उच्च बिन्दुमा पुगेपछि बिस्तारै घट्ने गरेको छ । आफ्नो घर र कार्यालयबाट लामखुट्टेको वृद्धि र विकास हुन नदिन, पानी जम्ने खाल्डाखुल्डी पुर्न तथा लामखुट्टेको टोकाइबाट जोगिन महाशाखाका प्रमुख मरासिनीको आग्रह छ ।

ज्वरो आउने, बान्ता हुने, छालामा डाबर आउनेलगायत डेङ्गीका लक्षण हुन् । आन्तरिक रक्तस्राव, पेट दुख्ने, नाक वा गिजाबाट रगत आउने, दिशामा रगत देखिने जस्ता समस्या भएमा अस्पताल जान डाक्टरको सुझाव छ ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP