Trending
अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले मे १३ देखि १५ सम्म चीनको भ्रमण समाज बजेट अभावले गैँडा गणना अर्को वर्ष राजनीति सरकारले डोजर आतंक सिर्जना गरी नागरिकलाई आत्महत्या गर्न बाध्य बनायो : नेकपा राजनीति संघीय संसदको अधिवेशन आजदेखि सुरु हुँदै अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध अन्त्यसम्बन्धी इरानी प्रस्ताव अस्वीकार समाज ठगी गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय कास्कीले दुई जनालाई नियन्त्रणमा राजनीति राष्ट्रिय स्वाधीनता सबैभन्दा अप्ठ्यारोमा : प्रचण्ड राजनीति सभापति रवि लामिछानेले पार्टी सांसदहरूलाई गुटबन्दीमा नलाग्न निर्देशन खेल पुरुष भलिबल प्रतियोगिताको पुरुषतर्फ तनहुँ र पर्वत फाइनल समाज धनुषामा बस दुर्घटना हुँदा १७ यात्रु घाइते

अफ्रिकी देश गाबोनमा सेनाले सत्ता कब्जा

अफ्रिकी देश गाबोनमा सेनाले सत्ता कब्जा गरेको छ । सेना अधिकारीहरूले आफूले सत्ता आफ्नो हातमा लिएको घोषणा गरेका बीबीसीले जनाएको छ ।

सेनाका अधिकारीहरूले गएको चुनावकाे नतिजा रद्द गरेको बताएका छन् । चुनाव आयोगले राष्ट्रपति अली बोङ्गो झन्डै दुई तिहाइ मतसहित विजयी भएकाे घोषणा गरेको थियो । विपक्षीले चुनावमा धाँधली भएको आरोप लगाएका छन् ।

यो विद्रोहसँगै देशमा बाेङ्गो परिवारको ५३ वर्ष लामो शासनको अन्त्य भएको छ । समाचार एजेन्सी एएफपीले सेनाका अधिकारीहरूलाई उद्धृत गर्दै अपदस्थ राष्ट्रपति अली बोङ्गोलाई उहाँको घरमा हिरासतमा राखिएको बताएको छ । सेनाका अधिकारीहरूले ग्याबोनको सीमा बन्द गरिएको बताएका छन् ।

राजधानी लिब्रेभिलमा आज बुधवार बिहानै गोली चलेको आवाज सुनिएको थियो । राजधानीका सडक सुनसान थिए । ग्याबोन प्राकृतिक तेलको स्रोतमा धनी देश हो ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP