Trending
अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले मे १३ देखि १५ सम्म चीनको भ्रमण समाज बजेट अभावले गैँडा गणना अर्को वर्ष राजनीति सरकारले डोजर आतंक सिर्जना गरी नागरिकलाई आत्महत्या गर्न बाध्य बनायो : नेकपा राजनीति संघीय संसदको अधिवेशन आजदेखि सुरु हुँदै अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध अन्त्यसम्बन्धी इरानी प्रस्ताव अस्वीकार समाज ठगी गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय कास्कीले दुई जनालाई नियन्त्रणमा राजनीति राष्ट्रिय स्वाधीनता सबैभन्दा अप्ठ्यारोमा : प्रचण्ड राजनीति सभापति रवि लामिछानेले पार्टी सांसदहरूलाई गुटबन्दीमा नलाग्न निर्देशन खेल पुरुष भलिबल प्रतियोगिताको पुरुषतर्फ तनहुँ र पर्वत फाइनल समाज धनुषामा बस दुर्घटना हुँदा १७ यात्रु घाइते

जनैपूर्णिमा, रक्षाबन्धन र गाईजात्रा मनाइँदै

काठमाडौँ, भदौ १४ गते ।  बिहीबार देशभरका तागाधारीले नव यज्ञोपवित (जनै) धारण गरेर जनैपूर्णिमा (ऋषि तर्पणी) मनाउँदै छन् । पूर्णिमाका दिन बिहानैदेखि वैदिक सनातन धर्मावलम्बीले नदी, ताल, तलाउ, पोखरीमा गई गोबर, खरानी, दत्तिउन र सप्तमृत्तिका लगाएर स्नान गर्ने र गुरु पुरोहितबाट नयाँ जनै र हातमा रक्षाबन्धन बाँध्छन् । गुरु पुरोहितले विधिपूर्वक मन्त्रिएको जनै धारण गर्नका लागि अघिल्लो दिन केश मुण्डन गरी एक छाक मात्र शुद्ध भोजन गरेर बस्ने परम्परा पनि रहेको छ । यसरी जनै र  रक्षाबन्धन धारण गरेमा नकारात्मक तìवबाट सुरक्षा प्राप्त हुने धार्मिक विश्वास छ ।

दिक गुरु परम्परा अनुसार यज्ञोपवित अर्थात् जनैलाई ब्रह्मसूत्र अथवा ज्ञानको धागोसमेत भनिन्छ । रक्षाबन्धन बाँध्न एवं नयाँ जनै फेर्न बिहानैदेखि पशुपतिनाथ मन्दिर परिसर अन्य मठमन्दिर तथा नदीको किनारमा भक्तजनको भिड लाग्ने गर्छ । पाटनको कुम्भेश्वरमा यस दिन विशेष मेला लाग्ने गर्छ । 

जनैपूर्णिमाका दिन क्वाँटी खाने चलन समाजमा रहेको छ । यस दिन खाइने क्वाँटी बनाउन विभिन्न किसिमका गेडागुडी मिसाई एकादशीकै दिन भिजाउने चलन रहेको छ । टुसा उम्रिएको क्वाँटी खानाले शरीरमा रोग नलाग्ने, पेट सफा हुने र वर्षायामभर खेतीपातीको काम गर्दा शरीरमा लागेको चिसो निकाली भित्रदेखि नै तापको सञ्चार गर्छ भन्ने आयुर्वेदिक मान्यता रहेको छ ।  

यस वर्ष तिथि घटबढका कारण बुधबार वा बिहीबार कुन दिन जनै धारण गर्ने भन्ने अन्योल पनि समाजमा रहेको छ । कतिपयले बुधबार नै नयाँ जनै धारण गरेका छन् ।  नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले एक विज्ञप्ति जारी गर्दै भदौ १४ गते नै ऋषितर्पणी, रक्षाबन्धन र गाईजात्रा पर्व मनाउन मिल्ने स्पष्ट पारेको छ । १३ गते पूर्णिमासँगै भद्रा पनि रहेको र त्यो रातको नौ बजेसम्म नै रहने भएकाले १४ गते नै जनै धारण गर्नु उपयुक्त हुने जनाएको छ ।  

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP