Trending
राजनीति अपहरणको आरोपमा पाँच जना पक्राउ राजनीति मनमोहन अधिकारी अविचलित कम्युनिष्ट आन्दोलनको पर्याय : ईश्वर पोखरेल राजनीति दलमा आबद्ध शिक्षकलाई कारवाही गर्न शिक्षामन्त्रीले मागिन् निर्वाचन आयोगसँग विवरण राजनीति कर्णालीका मुख्यमन्त्री कँडेलले आज विश्वासको मत लिँदै राजनीति मनमोहन अधिकारीको २५औँ स्मृति दिवस आज समाज बाँकेका किसान चैते धानप्रति आकर्षित समाज ट्र्याक्टरबाट खसेर एकजनाको मृत्यु समाज वनमा लागेको डढेलो गाउँ फैलिँदा १३ घर खरानी अन्तर्राष्ट्रिय पत्नीलाई मुद्दा परेपछि स्पेनका प्रधानमन्त्रीले स्थगन गरे सार्वजनिक जिम्मेवारी राजनीति अहिलेको स्वतन्त्रता र अधिकार कसैको निगाहबाट प्राप्त हैन : पूर्वराष्ट्रपति भण्डारी

गैरआवासीय नेपाली संघलाई आईएलओको पाँच करोड बढी सहयोग

लन्डन । अन्तर्राष्ट्रिय श्रम सङ्गठन (आईएलओ) सँग गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) ले सहकार्य अघि बढाएको छ । आईएलओले गैरआवासीय नेपाली सङ्घलाई चार लाख २४ हजार ३१० अमेरिकी डलर सहयोग गरेको छ । उक्त रकम अहिलेको विनिमय दरको हिसाबले पाँच करोड १० लाख रुपैयाँभन्दा बढी हो ।

सङ्घका कोषाध्यक्ष महेश श्रेष्ठका अनुसार आईएलओबाट प्राप्त अनुदान कोभिड (१९ भाइरसका कारण प्रभावित विभिन्न देशमा रहेका नेपाली श्रमिकको सहयोगमा खर्च गरिनेछ । श्रम गन्तव्य मुलुक मलेसिया, संयुक्त अरब इमिरेट्स, कतार र साउदी अरेबियामा रहेका नेपाली श्रमिकको सहयोगमा अनुदान रकम उपयोग गरिने सङ्घले जनाएको छ ।

कोरोनाका कारण श्रम गन्तव्य मुलुकमा रहेका नेपालीहरु बढी प्रभावित छन् । कोरोना सङ्क्रमणका साथै रोजगारी गुम्ने दर पनि ह्वात्तै बढेको छ । बेरोजगार भएर बसेका नेपालीहरुलाई नेपाल फर्काउने क्रम पनि चलिरहेको छ । त्यस कार्यका लागिसमेत आईएलओको सहयोग उपयोग गर्न सकिने सङ्घले जनाएको छ । (रासस

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP