Trending
खेल प्रधानसेनापति खुला म्याराथन फागुन १० गते गर्दै सेना, पहिलोलाई ३ लाख नगद अन्तर्राष्ट्रिय दश यात्रु बोकेको विमान अलास्का क्षेत्रबाट बेपत्ता खेल महिला क्रिकेट : नेपाल जितविहीन, थाइल्याण्डले जित्यो सिरिज समाज सरकारले साढे १० लाख डोज वीर्य निकालेर वितरण गर्‍यो! समाज बेलायती अधिराजकुमार र अधिराजकुमारीले हेरे २७४ युवाले देखाएको परेड राजनीति रवि विरुद्धको रवैयामा सरकारले मूल्य चुकाउनैपर्छ : अर्याल राजनीति राष्ट्रपति चुरे संरक्षण कार्यक्रममा प्रगति भएको छ : मन्त्री राई समाज ‘केही वर्षसम्म हिउँले ढाकिएको क्षेत्र अहिले हिउँविहीन भयो’ राजनीति एसइईका ‘नन ग्रेडेड’ विद्यार्थीले प्रि-डिप्लोमा तहमा पढ्न पाउने व्यवस्था लागू राजनीति डिजिटल भुक्तानीमा लगाएको भ्याट खारेज गर्न सांसद डाँगीको माग

संविधान बमोजिम आएको अध्यादेश कसरी अलोकतान्त्रिक भयो ? : गोकुल बास्कोटा

काठमाडौँ : नेकपा एमालेका सांसद गोकुल बास्कोटाले सरकारले ल्याएको अध्यादेश अलोकतान्त्रिक नभएको दाबी गरेका छन्।

मंगलवार संसद्को सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै सांसद बास्कोटाले सरकारले ल्याएको अध्यादेश संवैधानिक व्यवस्थाअनुरूप नै रहेको दाबी गरेका हुन्। उनले अध्यादेश आउनु लोकतान्त्रिक व्यवस्थाअनुरूप नै आएको बताए। उनले अध्यादेश ल्याउने व्यवस्था संविधानमा रहेको उल्लेख गर्दै कसरी अलोकतान्त्रिक हुन्छ भन्दै प्रश्न गरे।

उनले संविधानमा भएको व्यवस्थाअनुसार सरकारले अध्यादेश ल्याउँदा अलोकतान्त्रिक हुने हो भने त्यो बुँदालाई संविधानबाट झिक्नुपर्ने बताए। सांसद बास्कोटाले सरकारले ल्याएको अध्यादेशको निजी क्षेत्रबाट स्वागत भएको बताउँदै दल फुटाउन ल्याएको भनी व्याख्या गर्न नहुने स्पष्ट पारे।

उनले अध्यादेशको विरोधभन्दा पनि कन्टेन्टमा जान आवश्यक रहेको बताए। उनले विगतका सरकारले पनि अध्यादेश ल्याएको स्मरण गराउँदै कम्तिमा ४० प्रतिशत गरेर दल फुटाउन २० प्रतिशत भन्ने अध्यादेश अहिलेको सरकारले नल्याएको स्पष्ट पारे।

बास्कोटाले भने‚ ‘अध्यादेश आउनु लोकतान्त्रिक हो कि होइन भन्ने कुरा अनौठो लाग्छ। अध्यादेश ल्याउने व्यवस्था संविधानमै छ। कसरी अलोकतान्त्रिक हुन्छ? पहिला संविधानको त्यो बुँदा झिकेर फालिदिनुपर्‍यो। अध्यादेशको परीक्षण दुई महिनाभित्र हुनुपर्छ। संसद्‌मै हुनुपर्छ। कन्टेन्टमा जाऔं। निजी क्षेत्रले स्वागत गरेको छ। लोकतन्त्रमा सरकारको निगरानी संसद्ले नै गर्छ।’

सांसद बास्टोकाले बजेट कार्यान्वयनबारे संसद्ले चासो राख्नुपर्ने बताए। उनले बजेट खर्चबारे प्रश्न गरे। उनले बजेट पास भयो, ठेक्का कति लागे ? अहिलेसम्म ठेक्का लाग्दैन भने कहिले लाग्छ ? भन्दै प्रश्न गरे।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP