
काठमाडौं : प्रधानमन्त्री सुशीला कार्कीको स्वकीय सचिवालयले गृहमनत्रीलाई हटाउन लागिएका दाबीबारे स्पष्टीकरण दिएको छ।
आज एक प्रेस विज्ञप्तिमार्फत ‘काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहले गृहमन्त्री ओमप्रकाश अर्याललाई हटाउन दबाब दिइरहेको’ भन्ने समाचारहरू भ्रमपूर्ण भएको बताएको हो।
मन्त्री हटाउने वा राख्ने भन्ने कुरा प्रधानमन्त्रीको अधिकारको विषय भएकाले भ्रम नछर्न आग्रह गरिएको हो। विज्ञप्तिमा जेन–जी आन्दोलनबाट व्यक्त जनादेशअनुसार गठन भएको सरकारले असामान्य परिस्थितिमा राष्ट्रको गम्भीर जिम्मेवारी वहन गर्दै अघि बढिरहेको उल्लेख गरिएको छ।
गृहमन्त्री अर्यालले आगामी निर्वाचनका तयारी, शान्ति–सुरक्षा सुदृढीकरण र सुरक्षा निकायहरूको मनोबल उच्च राख्ने कार्यमा निरन्तर खटिरहेको जनाइएको छ।
प्रधानमन्त्री कार्यालयले यस्ता अफवाहपूर्ण र भ्रामक समाचारहरू नफैलाउन र नपत्याउन सबै पक्ष र सञ्चारमाध्यमहरूलाई आग्रह गरेको छ। गृहमन्त्री अर्यालले जेन–जी आन्दोलनका तत्कालीन राज्यका तर्फबाट भएको दमनलाई लिएर निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली र निवर्तमान गृहमन्त्री रमेश लेखकलाई पक्राउ नगरेकोमा बालेनले अर्याललाई हटाउन प्रधानमन्त्री सुशीला कार्कीमाथि दबाब बढाएको चर्चा चलेको छ। थाहा खबर
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया