Trending
flash विजयनगरमा वित्तीय साक्षरता तथा सुरक्षित आप्रवासन सम्बन्धी अभिमुखीकरण flash थरौली आधारभूत विद्यालयमा ४ कोठे भवन शिलान्यास flash शिवराज अस्पताल : निःशुल्क मुटु, मिर्गौला तथा बहु-विशेषज्ञ स्वास्थ्य शिविर : पहिलो दिनमै १ हजार ५ सय ९५ बिरामी लाभान्वित flash विजयनगरमा विकासको अर्को उपलब्धी : ४ मोटरेबल पक्की पुल निर्माण सुनिश्चित अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले मे १३ देखि १५ सम्म चीनको भ्रमण समाज बजेट अभावले गैँडा गणना अर्को वर्ष राजनीति सरकारले डोजर आतंक सिर्जना गरी नागरिकलाई आत्महत्या गर्न बाध्य बनायो : नेकपा राजनीति संघीय संसदको अधिवेशन आजदेखि सुरु हुँदै अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध अन्त्यसम्बन्धी इरानी प्रस्ताव अस्वीकार समाज ठगी गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय कास्कीले दुई जनालाई नियन्त्रणमा

यूएईविरुद्ध टस जितेको नेपाल ब्याटिङमा

काठमाडौं : आईसीसी विश्वकप लिग–२ अन्तर्गत संयुक्त अरब इमिरेट्स यूएई विरुद्धको खेलमा नेपालले टस जितेर ब्याटिङ गर्ने भएको छ।

अमेरिकासँग आफ्नो पाँचौं त्रिकोणात्मक एकदिवसीय खेलिरहेको नेपाल निकै खराब लयबाट गुज्रिरहेको छ।

हालसम्म १७ खेल खेलिसकेको नेपालले पाँच जित र १० हारको नतिजा निकालेको छ। दुई खेल भने विना नजिता टुंगिएको थियो।

खराब लयकाबीच नेपालले आज प्रतियोगितामा कमजोर प्रदर्शन गरिरहेको अर्को टोलीको सामना गर्दैछ। र त्यो हो युएई। युएईले हालसम्म १७ खेल खेल्दा १४ हार बेहोरिसकेको छ। हाल अंक तालिकामा नेपाल सातौं तथा युएई आठौं स्थानमा छन्।

खेल नेपाली समय अनुसार बिहान ११ः१५ मा दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुनेछ। नेपाललाई जितको लय समात्ने यो सुनौलो अवसर हुनेछ।

नेपाल रोहितकुमार पौडेल तथा यूएई राहुल चोपराको कप्तानीमा मैदान उत्रिँदैछन्। शृंखलाको पहिलो खेलमा दुवै टोली अमेरिकासँग पराजित भएका थिए।

विश्व क्रिकेटमा नेपाल र यूएई चिरपरित प्रतिद्धन्द्धी हुन्। आफ्नो एकदिवसीय मान्यता जोगाउन संघर्षरत यी दुई टोलीबीचको प्रतिस्पर्धा रोमाञ्चक हुने अनुमान गर्न सकिन्छ।

एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा नेपाल र यूएईबीच १५ खेल भएका छन्। जसमा नेपाल ९ र यूएई ६ खेलमा विजयी भएको छन्। पछिल्ला पाँच खेलमा भने नेपाल युएईमाथि हाबी भएको छ। यी सबै खेल नेपालको पक्षमा गएका छन्। थाहा खबर

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP