Trending
flash कपिलवस्तु कारागारबाट फरार एक कैदी पक्राउ राजनीति १२ अर्ब ९० करोड ६३ लाख २५ हजार लक्ष्य निर्धारण गरिएको जनाउँदै कामपा राजस्व flash जेनजी मधेश प्रदेश संयोजक यादवले फेसबुकमा लेख्दै यो घटना एमालेको सुनियोजित षड्यन्त्र राजनीति एमसीसीले नेपाललाई ७ अर्ब अनुदान थप्यो राजनीति सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले चलचित्र विधेयक, २०८१ आधुनिक flash आज दिउँसो ४ बजे काठमान्डु गोर्खाज र सुदूरपश्चिम रोयल्सले खेल्दै अपराध बाराको सिमरामा भएको झडपमापछि स्थिति भड्किन नदिने स्थानीय प्रशासनले कर्फ्यू राजनीति अर्थमन्त्री रामेश्वर खनालले वर्तमान सरकार सुरक्षित तरिकाले सत्ता हस्तान्तरण अन्तर्राष्ट्रिय अर्जेन्टिनाको पाटागोनियन क्षेत्रमा १४० किलोमिटर प्रतिघण्टाको हावा राजनीति प्रतिनिधि सभाको मध्यावधि निर्वाचनको आगामी फागुन २१ घोषणा

तीन हजार गाईहरू टर्कीको उत्तरपश्चिमी तटमा तीन हप्तादेखि अलपत्र

उरुग्वेबाट पठाइएका करिब तीन हजार गाईहरू टर्कीको उत्तरपश्चिमी तटमा तीन हप्तादेखि अलपत्र परेका टर्कीका अधिकारी र पशु कल्याण समूहहरूले बुधबार जानकारी गराएका छन्। टर्कीका अधिकारीहरूले कागजात अनियमिततालाई लिएर उनीहरूको प्रवेशमा रोक लगाएका छन्।

टर्कीको सञ्चार निर्देशनालयका अनुसार ५० दिनअघि मोन्टेभिडियोबाट हिँडेको स्पिरिडोन २ लाई अक्टोबर २१ मा मार्मारा सागरको दक्षिणी किनारमा रहेको बान्दिरमा बन्दरगाहमा पुग्दा प्रवेश गर्न रोक लगाइएको थियो।

यसैबीच, बेलायतस्थित ‘एनिमल वेलफेयर फाउन्डेसन (एडब्ल्यूएफ)’ ले डुङ्गालाई आइतबार छोटो समयका लागि फिड र ओछ्यान लोड गर्न अनुमति दिइएको जनाएको छ। जहाजका मालिकले ४८ जनावरको मृत्यु भएको र जहाजमा रहेको खाद्यान्न सामग्री सकिएको बताएका छन्।

‘सार्वजनिक भिडियोमा जहाजको माथिल्लो डेकमा सेतो झोलाहरू देखिन्छन् र ती सम्भवतः मृत जनावर हुन्,’ एडब्ल्यूएफले भनेको छ। टर्कीका स्थानीय सञ्चारमाध्यमका अनुसार बन्दिरमाका बासिन्दाहरूले डुङ्गाको वरिपरि झिङ्गा भन्किन थालेको गुनासो गरेका छन्।

बन्दरगाहले अक्टोबर २१ मा १५ कम्पनीका लागि दुई हजार ९०१ गाई आयात गर्न आवेदन पाएको सञ्चार निर्देशनालयले जनाएको छ। पशु चिकित्सा निरीक्षकहरूले केही गाइमा कानमा ट्याग वा इलेक्ट्रोनिक पहिचान चिप्स नभएको र अन्य ४६९ वटाको कागजी सूची र विवरणसँग मेल नखाएको भन्दै गाईवस्तुलाई समुद्र किनारमा रोकेको बताएका छन्।

‘यी अनियमितताका कारण अलपत्र जनावरको ढुवानीको प्रवेशलाई अनुमति नमिलेको हो,’ निरीक्षकहरूले एक्समा भनेका छन्। यो निर्णय अक्टोबर २३ मा भन्सारलाई सूचित गरिएको थियो र आयातकर्ताहरूले अदालतमा चुनौती दिइरहेका थिए। जहाज आवश्यक कानुनी प्रक्रियाको क्रममा सामुद्रिक तटमा रहेको छ। एडब्ल्यूएफले अधिकारीहरूलाई हस्तक्षेप गर्न र जनावरको थप षति हुनबाट बचाउन आग्रह गरेको छ।

‘हप्तौँसम्म समाधान बिहिन भएपछि हामी तुरुन्तै पशु चिकित्सकबाट जनावरहरूको जाँच गर्न र बिरामी वा कमजोर जनावरहरूलाई उनीहरूको दुःखबाट बाहिर निकाल्न अपील गर्दछौं’, एडब्ल्यूएफले भनेको छ, ‘बाँकी जनावरहरूलाई थप ढिलाइ नगरी किनारमा ल्याउनु पर्छ।’ एडब्ल्यूएफले भनको छ, ‘यी जनावरहरू टर्की र मध्य पूर्व, विशेष गरी इजरायलका प्रजननकर्ताहरूका लागि थिए।’ थाहा खबर

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP