
काठमाडौं : अर्थमन्त्री रामेश्वर खनालले वर्तमान सरकार सुरक्षित तरिकाले सत्ता हस्तान्तरण गर्नेमा केन्द्रित रहेको बताएका छन्।
परिसंघले बुधवार काठमाडौंमा आयोजना गरेको ‘राजश्व प्रणालीमा सुधारः सार्वजनिक निजी संवाद’ कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्। उनले सरकार निर्वाचन गराउने र सुरक्षित तवरले सत्ता हस्तान्तरण गर्ने योजनाका साथ अघि बढिरहेको बताए।
अन्तरिम सरकारलाई निर्वाचन गराउने म्याण्डेट रहेकाले करका दरहरू हेरफेरमा आफू नलागेको स्पष्ट पारे। सकेसम्म संयमित रहँदै, आलोचनाबाट बच्दै र कानूनसम्मत तरिकाले आफूहरू अघि बढिरहेको जिकिर गरे।
अर्थमन्त्री खनालले करका दर अहिले हेरफेर गर्न खोजे निजी क्षेत्रबाटै विरोधको आवाज उठ्ने बताए। थाहा खबर
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया