Trending
flash विजयनगरमा वित्तीय साक्षरता तथा सुरक्षित आप्रवासन सम्बन्धी अभिमुखीकरण flash थरौली आधारभूत विद्यालयमा ४ कोठे भवन शिलान्यास flash शिवराज अस्पताल : निःशुल्क मुटु, मिर्गौला तथा बहु-विशेषज्ञ स्वास्थ्य शिविर : पहिलो दिनमै १ हजार ५ सय ९५ बिरामी लाभान्वित flash विजयनगरमा विकासको अर्को उपलब्धी : ४ मोटरेबल पक्की पुल निर्माण सुनिश्चित अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले मे १३ देखि १५ सम्म चीनको भ्रमण समाज बजेट अभावले गैँडा गणना अर्को वर्ष राजनीति सरकारले डोजर आतंक सिर्जना गरी नागरिकलाई आत्महत्या गर्न बाध्य बनायो : नेकपा राजनीति संघीय संसदको अधिवेशन आजदेखि सुरु हुँदै अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध अन्त्यसम्बन्धी इरानी प्रस्ताव अस्वीकार समाज ठगी गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय कास्कीले दुई जनालाई नियन्त्रणमा

१२ अर्ब ९० करोड ६३ लाख २५ हजार लक्ष्य निर्धारण गरिएको जनाउँदै कामपा राजस्व

काठमाडौँ : काठमाडौँ महानगरपालिकाले चालु आर्थिक वर्षको कात्तिक मसान्तसम्ममा तीन अर्ब २२ करोड ४१ लाख २५ हजार १४९ राजस्व सङ्कलन गरेको छ।

सोही अवधिमा गत आवमा तीन अर्ब १६ करोड ७६ लाख १४ हजार ६५७ सङ्कलन भएको थियो।

गत वर्ष १२ अर्ब ९० करोड ६३ लाख २५ हजार लक्ष्य निर्धारण गरिएको जनाउँदै कामपा राजस्व विभागका प्रमुख दीपक अधिकारीले चालु आवका लागि १५ अर्ब ११ करोड ४३ लाख ४१ हजार लक्ष्य राखिएको बताए।

चालु आवको हालसम्म आन्तरिक करतर्फ एक अर्ब ९६ करोड ८१ लाख ७५ हजार ७०० सङ्कलन भएको छ। गत आवको यस अवधिमा एक अर्ब ९९ लाख दुई लाख ६७ हजार ६९५ राजस्व सङ्कलन भएको थियो।

चालु आवमा आन्तरिक राजस्व घट्नुको कारण सम्पत्ति कर रहेको अधिकारीको भनाइ छ। उनका अनुसार गत आवको पहिलो चौमासिक अवधिमा ५० करोड ३१ लाख तीन हजार ७३८ सङ्कलन भएको सम्पत्ति कर चालु आवको सोही अवधिमा ४२ करोड ७६ लाख ५४ हजार २७६ सङ्कलन भएको छ।

अधिकारीले भने, “गत वर्ष सम्पत्ति कर सम्बन्धित मालपोत कार्यालयले तोकेको दरमा लिने भन्ने निर्णय गरियो। यस विषयमा करदाताबाट गुनासो आएपछि २०८१ असोजमा बसेको कार्यपालिका बैठकले पुरानै दरमा सम्पत्ति कर लिने निर्णय गरेपछि समायोजन गर्दा यस वर्ष सम्पत्ति कर घटेको हो।”

यस वर्ष वहाल कर असुली बढेको बताउँदै उनले गत वर्ष यस अवधिमा रु ९४ करोड ८५ लाख २८ हजार १५४ सङ्कलन भएकामा यस वर्ष एक अर्ब दुई करोड ९२ लाख ९७ हजार ५७० सङ्कलन भएको जानकारी दिए।

गत वर्षको यस अवधिमा २२ करोड ८७ लाख आठ हजार ७०८ व्यवसाय कर सङ्कलन भएकामा चालु आवको हालसम्म २३ करोड ३२ लाख ३६ हजार १७० असुली भएको छ। थाहा खबर

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP