Trending
flash कपिलवस्तु कारागारबाट फरार एक कैदी पक्राउ राजनीति १२ अर्ब ९० करोड ६३ लाख २५ हजार लक्ष्य निर्धारण गरिएको जनाउँदै कामपा राजस्व flash जेनजी मधेश प्रदेश संयोजक यादवले फेसबुकमा लेख्दै यो घटना एमालेको सुनियोजित षड्यन्त्र राजनीति एमसीसीले नेपाललाई ७ अर्ब अनुदान थप्यो राजनीति सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले चलचित्र विधेयक, २०८१ आधुनिक flash आज दिउँसो ४ बजे काठमान्डु गोर्खाज र सुदूरपश्चिम रोयल्सले खेल्दै अपराध बाराको सिमरामा भएको झडपमापछि स्थिति भड्किन नदिने स्थानीय प्रशासनले कर्फ्यू राजनीति अर्थमन्त्री रामेश्वर खनालले वर्तमान सरकार सुरक्षित तरिकाले सत्ता हस्तान्तरण अन्तर्राष्ट्रिय अर्जेन्टिनाको पाटागोनियन क्षेत्रमा १४० किलोमिटर प्रतिघण्टाको हावा राजनीति प्रतिनिधि सभाको मध्यावधि निर्वाचनको आगामी फागुन २१ घोषणा

१२ अर्ब ९० करोड ६३ लाख २५ हजार लक्ष्य निर्धारण गरिएको जनाउँदै कामपा राजस्व

काठमाडौँ : काठमाडौँ महानगरपालिकाले चालु आर्थिक वर्षको कात्तिक मसान्तसम्ममा तीन अर्ब २२ करोड ४१ लाख २५ हजार १४९ राजस्व सङ्कलन गरेको छ।

सोही अवधिमा गत आवमा तीन अर्ब १६ करोड ७६ लाख १४ हजार ६५७ सङ्कलन भएको थियो।

गत वर्ष १२ अर्ब ९० करोड ६३ लाख २५ हजार लक्ष्य निर्धारण गरिएको जनाउँदै कामपा राजस्व विभागका प्रमुख दीपक अधिकारीले चालु आवका लागि १५ अर्ब ११ करोड ४३ लाख ४१ हजार लक्ष्य राखिएको बताए।

चालु आवको हालसम्म आन्तरिक करतर्फ एक अर्ब ९६ करोड ८१ लाख ७५ हजार ७०० सङ्कलन भएको छ। गत आवको यस अवधिमा एक अर्ब ९९ लाख दुई लाख ६७ हजार ६९५ राजस्व सङ्कलन भएको थियो।

चालु आवमा आन्तरिक राजस्व घट्नुको कारण सम्पत्ति कर रहेको अधिकारीको भनाइ छ। उनका अनुसार गत आवको पहिलो चौमासिक अवधिमा ५० करोड ३१ लाख तीन हजार ७३८ सङ्कलन भएको सम्पत्ति कर चालु आवको सोही अवधिमा ४२ करोड ७६ लाख ५४ हजार २७६ सङ्कलन भएको छ।

अधिकारीले भने, “गत वर्ष सम्पत्ति कर सम्बन्धित मालपोत कार्यालयले तोकेको दरमा लिने भन्ने निर्णय गरियो। यस विषयमा करदाताबाट गुनासो आएपछि २०८१ असोजमा बसेको कार्यपालिका बैठकले पुरानै दरमा सम्पत्ति कर लिने निर्णय गरेपछि समायोजन गर्दा यस वर्ष सम्पत्ति कर घटेको हो।”

यस वर्ष वहाल कर असुली बढेको बताउँदै उनले गत वर्ष यस अवधिमा रु ९४ करोड ८५ लाख २८ हजार १५४ सङ्कलन भएकामा यस वर्ष एक अर्ब दुई करोड ९२ लाख ९७ हजार ५७० सङ्कलन भएको जानकारी दिए।

गत वर्षको यस अवधिमा २२ करोड ८७ लाख आठ हजार ७०८ व्यवसाय कर सङ्कलन भएकामा चालु आवको हालसम्म २३ करोड ३२ लाख ३६ हजार १७० असुली भएको छ। थाहा खबर

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP