Trending
flash कपिलवस्तु कारागारबाट फरार एक कैदी पक्राउ राजनीति १२ अर्ब ९० करोड ६३ लाख २५ हजार लक्ष्य निर्धारण गरिएको जनाउँदै कामपा राजस्व flash जेनजी मधेश प्रदेश संयोजक यादवले फेसबुकमा लेख्दै यो घटना एमालेको सुनियोजित षड्यन्त्र राजनीति एमसीसीले नेपाललाई ७ अर्ब अनुदान थप्यो राजनीति सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले चलचित्र विधेयक, २०८१ आधुनिक flash आज दिउँसो ४ बजे काठमान्डु गोर्खाज र सुदूरपश्चिम रोयल्सले खेल्दै अपराध बाराको सिमरामा भएको झडपमापछि स्थिति भड्किन नदिने स्थानीय प्रशासनले कर्फ्यू राजनीति अर्थमन्त्री रामेश्वर खनालले वर्तमान सरकार सुरक्षित तरिकाले सत्ता हस्तान्तरण अन्तर्राष्ट्रिय अर्जेन्टिनाको पाटागोनियन क्षेत्रमा १४० किलोमिटर प्रतिघण्टाको हावा राजनीति प्रतिनिधि सभाको मध्यावधि निर्वाचनको आगामी फागुन २१ घोषणा

बाँके राष्ट्रिय निकुञ्जमा पर्यटकीय गतिविधि बढ्न थाले

बाँके राष्ट्रिय निकुञ्जमा पर्यटकीय गतिविधि बढ्न थालेका छन्। निकुञ्जभित्र जंगल सफारी, पदयात्रा, जंगलनाइट स्टे गर्ने स्वदेशी तथा विदेशी पर्यटकका गतिविधि बढ्न थालेका हुन्।

निकुञ्ज कार्यालयले वन्यजन्तुका लागि विभिन्न स्थानमा घाँसे मैदान, कृत्रिम ताल निर्माण गरेको छ भने पर्यटकलाई अवलोकन गराउन वनपथ, मचानजस्ता पूर्वाधार बनाएको छ। कार्यालयका अनुसार निकुञ्जभित्र करिब एक दर्जन मचान, दुई सय किलोमिटरभन्दा बढी वनपथ (बाटो), २५ वटा सोलार जडित ताल, चार सय ५० हेक्टर क्षेत्रमा घाँसे मैदान, चार वटा ठुला जलाशय निर्माण गरिएका छन्।

निकुञ्जका प्रमुख संरक्षण अधिकृत वीरेन्द्रप्रसाद कँडेलले निकुञ्जभित्र सबै पूर्वाधार निर्माण गरेर स्वदेशी र विदेशी पर्यटकलाई घुम्ने वातावरण बनाइएको बताए। ‘जिपबाट सफारी गर्नका लागि पर्याप्त मात्रामा वनपथहरू तयार भइसकेका छन्, घुम्न आउने स्वदेशी तथा विदेशी पर्यटकले मचानमा बसेर वन्यजन्तुलाई प्रत्यक्ष अवलोकन गर्न सक्नुहुनेछ।’ पछिल्लो समयमा जंगल सफारी गर्न स्वदेशी र विदेशीपर्यटक आउने गरेको उनले बताए। यसअघिका वर्ष निकुञ्जमा घुम्न आउने पर्यटकको संख्या न्यून हुने गरे पनि चालु आर्थिक वर्षको सुरुवाती चरणमा उत्साहजनक पाइएको निकुञ्ज कार्यालयले जनाएको छ।

कार्यालयका अनुसार चालु आर्थिक वर्षको हालसम्म दुई सय ५० जना पर्यटक निकुञ्जभित्र प्रवेश गरिसकेका छन्। यीमध्ये दुई सय ४४ जना नेपाली र ६जना विदेशी रहेको प्रमुख संरक्षण अधिकृत कँडेलले सुनाए। नेपाल सरकारले बाघ संरक्षणका लागि अन्तर्राष्ट्रिय समुदायसँग गरेको प्रतिबद्धता अनुरूप बाघको वासस्थान र जैविकमार्ग संरक्षण गर्ने उद्देश्यले २०६७ असार २८ गते बाँके, दाङ र सल्यानको पाँच सय ५० वर्ग किलोमिटर क्षेत्रलाई समेटेर नेपालको १०औं राष्ट्रिय निकुञ्जका रूपमा बाँके राष्ट्रिय निकुञ्ज स्थापना गरिएको थियो। निकुञ्जको पूर्वी सिमाना शिवखोला, पश्चिम कोहलपुर सुर्खेत राजमार्ग, उत्तर चुरे पर्वत र दक्षिण पूर्व–पश्चिम राजमार्ग रहेको छ। वैखरी

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP