Trending
समाज कम्बोडियाबाट ४६ जना नेपालीको उद्धार समाज नदीमा डुबेर बेपत्ता भएका एकजनाको शव बिहीबार फेला समाज युद्धका समयमा इरानले नियन्त्रणमा लिएका नेपाली युवा अमृत झा रिहा राजनीति नेकपा एमालेका नेता सुरेन्द्र पाण्डेले वाम पार्टी एकता भन्दा नेकपा एमालेमा सुधार अन्तर्राष्ट्रिय इरानसँग युद्ध अन्त्यको सम्झौता हुनेमा अमेरिका आशावादी खेल युइएफए च्याम्पियन्स लिगको क्वार्टरफाइनलबाटै बाहिरिए खेल आर्मी राष्ट्रिय खो खो च्याम्पियन खेल चेन्नईसँग कोलकाता पराजित राजनीति नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै समाज व्यक्तिगत घटना दर्ता सप्ताह सुरु हुँदै

‘स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टर, चितवन युनिट’ औपचारिक रूपमा सञ्चालन

चितवन : सहज, पहुँचयोग्य र सहुलियत दरमा स्पाइनल इन्जुरीका बिरामीहरूलाई पुनःस्थापना सेवा दिने उद्देश्यले ‘स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टर, चितवन युनिट’ औपचारिक रूपमा सञ्चालनमा आएको छ। चितवनको नारायणगढ न्युरोडमा स्पाइनल इन्जुरी संघ नेपाल (सिया) द्वारा सञ्चालित यो चितवन युनिट संघको दोस्रो ठूलो केन्द्र हो।

यसअघि काभ्रेको साँगामा २४ वर्षदेखि सञ्चालित केन्द्रले सफलतापूर्वक सेवा दिँदै आएको छ। मुलुकको मध्य भाग र पूर्व–पश्चिम राजमार्गको केन्द्रबिन्दुमा रहेको चितवनमा यो केन्द्र स्थापना भएसँगै मध्य नेपालका स्पाइनल इन्जुरी तथा न्युरोलोजिकल समस्या भएका बिरामीहरूलाई काठमाडौं वा साँगा धाउनुपर्ने बाध्यता अब हट्ने अपेक्षा गरिएको छ।

केन्द्रले स्पाइनल कर्ड इन्जुरी भएका व्यक्तिहरूलाई अस्पतालमा आधारित हेरचाह, पुनस्र्थापना तथा समुदायमा पुनर्एकीकरणको समग्र सेवा प्रदान गर्नेछ। समुदाय–आधारित पुनःस्थापना मोडलका लागि चर्चित यो संस्थाले चितवन युनिटमार्फत मध्य नेपालमा पुनःस्थापनाको नयाँ मापदण्ड कायम गर्ने लक्ष्य राखेको जनाएको छ।

स्पाइनल इन्जुरी संघ नेपालले देशका विभिन्न भागमा यस्ता सेवा विस्तार गर्ने योजनासहित चितवनबाट दोस्रो ठूलो युनिट शुरु गरेको हो। थाहा खबर

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP