Trending
अन्तर्राष्ट्रिय यौन अपराधी जेफ्री एपस्टाइनसँग सम्बन्धित ३५ लाखभन्दा बढी नयाँ गोप्य दस्तावेज सार्वजनिक राजनीति गगनकुमार थापाले आफूलाई गरेको विश्वासलाई अब भोटमा बदल्न आग्रह समाज सशस्त्र प्रहरीलाई आक्रमण गर्ने चारजनालाई पक्राउ समाज हंसपुर नगरपालिकाका नगर प्रमुख प्रदीपकुमार यादवको निधन राजनीति निर्वाचन आयोगले नौ प्रकारका निर्वाचन सामग्री केन्द्रबाटै पठाउने समाज विवाह भोज खाएका बेहुला–बेहुलीसहित सबै बिरामी समाज आगामी २०८३ सालको बडा दसैँमा अष्टमी दुई दिन खेल टी-२० विश्वकप : नेपालले आज इङ्ल्याण्डसँग भिड्दै खेल खेलमा अमेरिका २९ रनले पराजित समाज दुर्घटनामा १ जनाको मृत्यु

सशस्त्र प्रहरीलाई आक्रमण गर्ने चारजनालाई पक्राउ

जिल्ला प्रहरी कार्यालयले वीरगञ्जको अवैध गोदाममा छापा मार्न जाँदा सशस्त्र प्रहरीलाई आक्रमण गर्ने चारजनालाई पक्राउ गरेको छ।वीरगन्ज भन्सार कार्यालय र सशस्त्र प्रहरी बलले सोमबार वीरगन्जको आदर्शनगरथित अवैध गोदाममा छापा मार्ने क्रममा स्थानीय व्यापारी समूहको आक्रमणबाट तीन जना सशस्त्र प्रहरी घाइते र सशस्त्र प्रहरीका दुईवटा सवारीसाधनमा क्षति पुगेको थियो।

पर्सा प्रहरीका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक हरिबहादुर बस्नेतले सशस्त्र प्रहरीमाथि आक्रमण गर्ने चार जनालाई सोमबार रातिसम्म पक्राउ गरिएको जानकारी दिए। ‘सशस्त्र प्रहरीमाथि आक्रमण गर्नेहरूको सिसीक्यामेरा फुटेज हेरेर आवश्यक अनुसन्धान भइरहेको छ’, उनले भने, ‘सशस्त्र प्रहरीमाथि आक्रमण गर्नेहरूका बारेमा आवश्यक अनुसन्धान भइरहेकाले पनि संलग्नहरूको नाम पछि मात्र सार्वजनिक गर्नेछौँ ।

संयुक्त टोलीले भन्सार छली गरेर सामान भित्र्याएको आशङ्कामा आदर्शनगरस्थित मदनप्रसाद गुप्ताको घरमा अवैध रूपले गोदाम गरी राखिएको कपडा बरामद गर्ने क्रममा झडप भएको हो। सो ठाउँबाट सशस्त्र प्रहरीले करिब १२ लाख ५० हजार मूल्यका सामान बरामद गरेको जनाएको छ। थाहा खबर

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP