
कुख्यात यौन अपराधी जेफ्री एपस्टाइनसँग सम्बन्धित ३५ लाखभन्दा बढी नयाँ गोप्य दस्तावेज सार्वजनिक भएपछि विश्व राजनीति तरंगित बनेको छ । मंगलबारसार्वजनिक भएका यी फाइलहरूमा रूसी राष्ट्रपति भ्लादिमिर पुटिनको नाम एक हजारभन्दा बढी पटक उल्लेख भएको पाइएपछि अन्तर्राष्ट्रिय जगतमा नयाँ बहस र तनाव सिर्जना भएको छ।
अमेरिकी अदालतको आदेशपछि सार्वजनिक गरिएका यी दस्तावेजले विश्वका शक्तिशाली नेताहरूको लुकेको पाटोलाई उजागर गरिदिएको छ ।यो प्रकरणमा बेलायती प्रधानमन्त्री किर स्टारमरको नाम समेत जोडिएपछि लण्डनमा उनीविरुद्ध चर्को प्रदर्शन शुरु भएको छ र विपक्षीहरूले उनको तत्काल राजीनामा माग गरेका छन् । पुटिन र स्टारमरबाहेक अन्य धेरै देशका पूर्व राष्ट्रप्रमुख तथा उच्च अधिकारीहरू समेत यो अनुसन्धानको घेरामा परेका छन् ।
सन् २०१९ मा जेलमै आत्महत्या गरेका एपस्टाइनले सञ्चालन गरेको अन्तर्राष्ट्रिय यौन तस्करी संजालमा विश्वका हाई–प्रोफाइल व्यक्तिहरूको संलग्नता रहेको आशंका वर्षौंदेखि गरिँदै आएको थियो । यो नयाँ खुलासाले विशेष गरी पश्चिमी मुलुक र रूसबीचको कूटनीतिक सम्बन्धमा थप जटिलता ल्याउने र कयौँ देशका आन्तरिक राजनीतिमा फेरबदल ल्याउन सक्ने प्रक्षेपण गरिएको छ । थाहा खबर
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया