Trending
अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले मे १३ देखि १५ सम्म चीनको भ्रमण समाज बजेट अभावले गैँडा गणना अर्को वर्ष राजनीति सरकारले डोजर आतंक सिर्जना गरी नागरिकलाई आत्महत्या गर्न बाध्य बनायो : नेकपा राजनीति संघीय संसदको अधिवेशन आजदेखि सुरु हुँदै अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध अन्त्यसम्बन्धी इरानी प्रस्ताव अस्वीकार समाज ठगी गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय कास्कीले दुई जनालाई नियन्त्रणमा राजनीति राष्ट्रिय स्वाधीनता सबैभन्दा अप्ठ्यारोमा : प्रचण्ड राजनीति सभापति रवि लामिछानेले पार्टी सांसदहरूलाई गुटबन्दीमा नलाग्न निर्देशन खेल पुरुष भलिबल प्रतियोगिताको पुरुषतर्फ तनहुँ र पर्वत फाइनल समाज धनुषामा बस दुर्घटना हुँदा १७ यात्रु घाइते

तेहरानका मुख्य तेल डिपोहरूमा शक्तिशाली हवाई आक्रमण

इजरायल र अमेरिकाले इरानको राजधानी तेहरानका मुख्य तेल डिपोहरूमा शक्तिशाली हवाई आक्रमण गरेका छन्।यो आक्रमणपछि इरानको ऊर्जा आपूर्ति प्रणाली ध्वस्त भएको दाबी गरिएको छ। प्रतिशोधमा इरानले खाडी क्षेत्रमा रहेका अमेरिकी सैन्य आधारहरूमा सयौं ड्रोन र मिसाइल प्रहार गरेको छ, जसले गर्दा विश्व बजारमा इन्धनको मूल्यमा उच्च वृद्धि भएको छ।
यस्तै, इजरायलले लेबनानमा पनि आफ्नो सैन्य अभियानलाई आक्रामक बनाएको छ। आक्रमणमा कयौँ सर्वसाधारणको हताहती भएको र बेरुतको अन्तर्राष्ट्रिय विमानस्थल नजिकैको क्षेत्रमा ठूलो क्षति पुगेको बताइएको छ।यसैबीच, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्धमा बेलायतको भूमिकालाई लिएर कडा टिप्पणी गरेका छन्। आफ्नो सामाजिक सञ्जाल ट्रुथ सोसलमा लेख्दै ट्रम्पले बेलायतलाई अब अमेरिकाको सहयोगी आवश्यक नपर्ने चेतावनी दिए।बेलायती प्रधानमन्त्री किएर स्टार्मरलाई लक्षित गर्दै ट्रम्पले आफूहरुलाई बेलायतको सहयोग आवश्यक नरहेको जिकिर गरे। इरान विरुद्धको सैन्य कारबाहीमा बेलायतले ढिलाइ गरेको र युद्ध जितिसकेपछि मात्र विमानवाहक जहाज पठाउने विचार गरेको भन्दै ट्रम्पले आक्रोश व्यक्त गरेका हुन्। बेलायतले अहिलेसम्म प्रत्यक्ष सैन्य सहभागीता नजनाए पनि आफ्ना सैन्य अखडा प्रयोग गर्न भने अनुमति दिएको छ।
थाहा खबर

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP