
काठमाडौँ : जल तथा मौसम विज्ञान विभागले आइतबार दिउँसो कोशी प्रदेशको पहाडी र हिमाली भूभाग लगायत बागमती र गण्डकी प्रदेशको हिमाली भूभागका थोरै स्थानमा र बाँकी हिमाली तथा गण्डकी प्रदेशका पहाडी भूभागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षा र हिमपातको सम्भावना रहेको जनाएको छ।
विभागका अनुसार कोशी प्रदेशको पहाडी भूभाग लगातय देशका हिमाली भूभागमा साधारणतया बादल लाग्नेछ भने पहाडी भूभागमा तथा कोशी प्रदेशको तराईमा आंशिक बादल लाग्ने र बाँकी तराई भूभागमा मौसम मुख्यतया सफा रहनेछ।
लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भूभागका थोरै स्थानमा हावाहुरीको समेत सम्भावना रहेको छ। आज राती देशका हिमाली भूभागमा साधारणतया बादल लाग्ने, पहाडी भूभागमा आंशिक बादल लाग्ने र तराई भूभागमा मौसम मूख्यतया सफा रहने विभागले जनाएको छ।
कोशी र गण्डकी प्रदेशका हिमाली भूभागका थोरै स्थानमा तथा बाँकी हिमाली भूभागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षारहिमपातको सम्भावना रहेको विभागले जनाएको छ।
यस्तै,विभागका अनुसार सोमबार दिउँसो देशका हिमाली भूभागमा साधारणतया बादल लाग्ने, पहाडी भूभागमा आंशिक बादल लाग्ने र तराई भूभागमा मौसम मूख्यतया सफा रहनेछ। कोशी प्रदेशको पहाडी र हिमाली भूभाग लगायत बागमती, गण्डकी र कर्णाली प्रदेशको हिमाली भूभागका एक(दुई स्थानमा मेघगर्जनरचट्याङ्ग सहित हल्का वर्षा/हिमपातको सम्भावना छ।
राती भने देशका हिमाली भूभागमा आंशिक बादल लाग्ने र पहाड र तराई भूभागमा मौसम मूख्यतया सफा रहनेछ। कोशी र गण्डकी प्रदेशका हिमाली भूभागका एक-दुई स्थानमा मेघगर्जनरचट्याङ सहित हल्का वर्षारहिमपातको सम्भावना रहेको विभागले अनुमान गरेको छ।हाल नेपालमा कमजोर पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। थाहा खबर
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया