
घनश्याम भर
(विजयनगर) कपिलवस्तु, १५ जेष्ठ ।
कपिलवस्तुको विजयनगर गाउँपालिका-६ प्रेमनगरमा रहेको हरिबोध माध्यमिक विद्यालयमा दुई तल्ले ८ कोठे नयाँ विद्यालय भवनको शिलान्यास गरिएको छ । संघीय सरकारको १ करोड ५० लाख रुपैयाँकाे लागतमा निर्माण हुन लागेको उक्त भवनको शिलान्यास प्रदेश सांसद जानकी प्रसाद यादव, गाउँपालिका अध्यक्ष गोपाल बहादुर थापा, क्षेत्र नं. ३ का पूर्व सांसद मंगल प्रसाद गुप्ताका प्रतिनिधि गोपाल प्यारे चन्देल तथा वडा अध्यक्ष प्रेम बहादुर कलवारले संयुक्त रुपमा गरेका हुन् ।
भवन निर्माणको ठेक्का एम/एस भिक्टोरिया हाइड्रो कन्स्ट्रक्सन काठमाडौले पाएको छ । निर्माण कम्पनीका ठेकेदार प्रकाश गौतमका अनुसार भवन निर्माणको काम २०८४ साल साउन मसान्तसम्म सम्पन्न गरिनेछ ।
शिलान्यास कार्यक्रममा बोल्दै प्रदेश सांसद जानकी प्रसाद यादवले शिक्षा क्षेत्रको विकास बिना समाजको समग्र विकास सम्भव नभएको उल्लेख गर्दै विद्यालयको भौतिक पूर्वाधार विस्तारले गुणस्तरीय शिक्षामा टेवा पुग्ने बताए ।
यस्तै गाउँपालिका अध्यक्ष गोपाल बहादुर थापाले सामुदायिक विद्यालयको शैक्षिक वातावरण सुधार गर्न गाउँपालिकाले निरन्तर पहल गरिरहेको भन्दै नयाँ भवन निर्माणपछि विद्यार्थीलाई सहज वातावरणमा अध्ययन गर्ने अवसर मिल्ने बताए । टिनकाे छानाे मुक्त अभियानमा गाउँपालिकाले लागेकाे अध्यक्ष थापाको भनाई छ ।
यसैगरी विद्यालयका प्रधानाध्यापक बालजी कलवारले कक्षाकोठा अभावका कारण शिक्षण सिकाईमा समस्या हुँदै आएको बताउँदै नयाँ भवन निर्माणपछि पठनपाठन व्यवस्थित र प्रभावकारी हुने विश्वास व्यक्त गरे ।
यस्तै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अग्नी प्रसाद सापकोटाले विद्यालयमा देखिएको पूर्वाधार समस्याको समाधानतर्फ यो भवन महत्वपूर्ण उपलब्धी भएको बताए । उनले भवन निर्माणका लागि बजेट विनियोजनमा भूमिका खेलेका पूर्व सांसद मंगल प्रसाद गुप्ताप्रति धन्यवाद व्यक्त गरे ।
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया