Trending
अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले मे १३ देखि १५ सम्म चीनको भ्रमण समाज बजेट अभावले गैँडा गणना अर्को वर्ष राजनीति सरकारले डोजर आतंक सिर्जना गरी नागरिकलाई आत्महत्या गर्न बाध्य बनायो : नेकपा राजनीति संघीय संसदको अधिवेशन आजदेखि सुरु हुँदै अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध अन्त्यसम्बन्धी इरानी प्रस्ताव अस्वीकार समाज ठगी गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय कास्कीले दुई जनालाई नियन्त्रणमा राजनीति राष्ट्रिय स्वाधीनता सबैभन्दा अप्ठ्यारोमा : प्रचण्ड राजनीति सभापति रवि लामिछानेले पार्टी सांसदहरूलाई गुटबन्दीमा नलाग्न निर्देशन खेल पुरुष भलिबल प्रतियोगिताको पुरुषतर्फ तनहुँ र पर्वत फाइनल समाज धनुषामा बस दुर्घटना हुँदा १७ यात्रु घाइते

विजयनगर-३ मा १ सय ३५ जना जेष्ठ नागरिकलाई सम्मान

घनश्याम भर

(विजयनगर) कपिलवस्तु, २२ जेष्ठ ।

कपिलवस्तुको विजयनगर गाउँपालिकाकाे ३ नम्बर वडा कार्यालयले जेष्ठ नागरिक सम्मान कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा वडाभित्रका १ सय ३५ जना जेष्ठ नागरिकलाई सम्मान गरिएको हो ।

वडा सचिव सर्वजित कुमार यादवका अनुसार ७३ वर्ष उमेर पूरा गरेका जेष्ठ नागरिकलाई झुल र टर्चलाइट वितरण गरी सम्मान गरिएको हो । जेष्ठ नागरिकप्रति सम्मान व्यक्त गर्दै उनीहरूको योगदानको कदर गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको उनले बताए ।

कार्यक्रमलाई सम्बाेधन गर्दै गाउँपालिकाकी उपाध्यक्ष लक्ष्मी कुमारी चौधरीले जेष्ठ नागरिकहरू समाजका अनुभव र ज्ञानका भण्डार भएकाले उनीहरूको सम्मान र संरक्षण सबैको दायित्व भएको बताइन् । उनले आगामी दिनमा पनि ज्येष्ठ नागरिकमैत्री कार्यक्रमलाई प्राथमिकता दिइने उल्लेख गरिन् ।

यस्तै वडा अध्यक्ष हृदय विकास चौधरीले जेष्ठ नागरिकको सम्मान गर्नु भनेको आफ्नै संस्कार र पहिचानको सम्मान गर्नु भएको बताउँदै वडा कार्यालयले उनीहरूको हितका लागि विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको जानकारी दिए ।

कार्यक्रममा वडा सदस्य माेहम्मद सई, कर्मचारी, समाजसेवी राज कुमार यादव, सुनिल चाैधरी, देवेन्द्रमणि त्रिपाठी लगायतकाे उपस्थिति थियोे ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP