
घनश्याम भर
(विजयनगर) कपिलवस्तु, २ असार ।
कपिलवस्तुको विजयनगर गाउँपालिकामा ३ दिने स्काउट तालिम तथा गोष्ठी सुरु भएको छ । स्थानीय स्काउट विजयनगर गाउँपालिकाको आयोजनामा तथा विजयनगर गाउँपालिकाको सहयोगमा तालिम तथा गोष्ठी सञ्चालन गरिएको हो ।
युवाहरूमा नेतृत्व विकास, अनुशासन, सामाजिक उत्तरदायित्व तथा स्वयंसेवा भावनाको अभिवृद्धि गर्ने उद्देश्यले तालिम आयोजना गरिएको विजयनगर स्काउट प्रमुख आयुक्त बिष्णु थापाले जानकारी दिए । तालिममा गाउँपालिकाभित्रका विभिन्न विद्यालयका शिक्षक तथा स्काउटकर्मीहरूको सहभागिता रहेको छ ।
कार्यक्रममा सहभागीहरूलाई स्काउटका सिद्धान्त, उद्देश्य, टोली व्यवस्थापन, विपद् व्यवस्थापन, सामुदायिक सेवा तथा नेतृत्व विकाससम्बन्धी विषयमा प्रशिक्षण प्रदान गरिनेछ । तीन दिनसम्म सञ्चालन हुने तालिमले विद्यार्थी तथा युवाहरूको व्यक्तित्व विकासमा सकारात्मक योगदान पुग्ने विश्वास गरिएको छ ।
आयोजकका अनुसार तालिमबाट सिकेका ज्ञान र सीपलाई व्यवहारमा उतार्दै समाजसेवा तथा राष्ट्र निर्माणमा युवाहरूलाई सक्रिय भूमिका निर्वाह गर्न प्रेरित गरिनेछ । गाउँपालिकाले यस्ता कार्यक्रममार्फत युवाहरूको क्षमता अभिवृद्धि र नेतृत्व विकासमा निरन्तर सहयोग गर्ने जनाएको छ ।
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया