Trending
flash कपिलवस्तुमा ‘साइकल प्लाङक ब्यालेन्स’ प्रतियोगिता हुने अन्तर्राष्ट्रिय चीनको जिलिनमा एलाइन क्षार भूमि पर्यटन करिडोरमा परिणत समाज अरुण तेस्रोको काम २२ दिनदेखि ठप्प‚ डेढ अर्ब रुपैयाँ क्षतिपूर्ति तिर्दै सरकार समाज लाेप भयाे पूर्व-लिच्छविकालीन शहर हाँडीगाउँका तीन प्राचीन बाजा राजनीति उत्पादनमुलक शिक्षामा जोड दिनुपर्ने आवश्यकता छ : शिक्षामन्त्री राई अपराध दाङमा खुकुरी प्रहारबाट एकजनाको हत्या, २ जना घाइते राजनीति दिगो विकास लक्ष्य हासिल गर्नेगरी कार्यक्रम तर्जुमा गर्नुपर्छ : मन्त्री आचार्य राजनीति अहिलेको निर्वाचन प्रणालीले बहुमत ल्याउन कठिन छ : नेपाल खेल अबको तीन महिनामा घरेलु संरचनालाई नयाँ किसिमले बदल्नुपर्नेछः अध्यक्ष चन्द राजनीति सरकार शैक्षिक विकासमा असंवेदनशील : योगेश भट्टराई

चन्द्रौटाका घिमिरे परिवार कार दुर्घटनामा ।।

चन्द्रौटा , कपिलवस्तु ।
मंगलबार सांझ पाल्पाको अर्गेलीमा कार दुर्घटना हुँदा ५ जना घाइते भएका छन् ।
दशैंको टीका थाप्न गुल्मीको तम्घास जाने क्रममा कपिलवस्तु शिवराज न.पा. ५, चन्द्रौटा निवासी, राजहंस इन्फोसिस एण्ड आईटी सोलुसन्सका प्रबन्धक माधव घिमिरेको परिवार दुर्घटनामा परेको हो ।
घाइते हुनेमा माधवसहित बुवा खुमराज घिमिरे, आमा बीना घिमिरे, बैनी स्वस्तिका घिमिरे र रामापुर निवासी माधवका फुपाजु रहेका छन् । घाइतेमध्ये आमाको अवस्था अन्यभन्दा अलि बढी गम्भीर रहेको भाइ दीपक घिमिरेले जानकारी दिएका छन् । आमालाई अहिले काठमाडौंस्थित नर्भिक इन्टरनेशनल अस्पतालमा भर्ना गरी उपचार भइरहेको दीपकले बताए ।
अन्य घाइते सबैलाई पाल्पा मिसन अस्पतालमा सामान्य उपचारपछि थप उपचारको लागि बुधबार बिहान काठमाडौं रिफर गरिएको बताइएको छ ।

बा २१ च ६८०५ नम्बरको निजी कारबाट तम्घास जाने क्रममा अनियन्त्रित भइ सडकबाट डेढ सय मिटर तल खसेको घाइते माधव घिमिरेले जानकारी दिए । पानी परेकाले सडकमा भएको खाल्टाखुल्टी नदेखिएर कार अनियन्त्रित भइ दुर्घटना भएको बताइएको छ । अहिले घाइते सबैको अवस्था खतरामुक्त रहेको बताइएको छ ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP