Trending
अन्तर्राष्ट्रिय अन्न आपूर्ति नभए गाजाका महिला र बालबालिका भोकमरीबाट थप प्रताडित हुने राजनीति अवसरबाट महिला जनप्रतिनिधि समेत पछि परेको गुनासो राजनीति कोशी प्रदेश : सर्वसम्मतिले बजेट पारित राजनीति फेवाताल संरक्षणका लागि सर्वोच्चको फैसला कार्यान्वयन गर्न सहजीकरण समिति राजनीति अब ऋणको जमानत बस्नेलाई कालोसूचीमा राख्ने म्याद ९० दिन राजनीति जनताबाट स्थापित वर्तमान प्रणाली कमजोर छैन : अर्थमन्त्री अन्तर्राष्ट्रिय उत्तरपूर्वी चीनको कोइलाखानीमा दुर्घटना, ११ जनाको मृत्यु राजनीति सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी राजनीति प्रदेशका मन्त्रीहरूलाई प्रधानमन्त्रीको आश्वासन, प्रहरी समायोजन चाँडै अघि बढ्छ राजनीति देउवाले आज पार्टीका पदाधिकारी र पूर्वपदाधिकारीसँग छलफल गर्ने

अब युएई जान पैसा नलाग्ने, नेपाली कामदारले पाउनेछन् यस्ता सुविधा

काठमाडौं

रोजगारीका लागि संयुक्त अरब इमिरेट्स९युएई० जाने श्रमिकले म्यानपावर कम्पनीलाई अब एक रुपैंयाँ पनि तिर्न नपर्ने भएको छ ।
काठमाडौंमा सोमबार सम्पन्न नेपाल–युएई संयुक्त कार्य समूह बैठकले विगतको शून्य लागतको श्रम समझदारी९एमओयू० लाई कार्यान्वयनमा लैजाने सहमति गरेपछि युएई जानेले एक रुपैंयाँ पनि तिर्नु नपर्ने भएको हो ।

त्यहाँ जाँदा लाग्ने सबै खर्च अब रोजगारदाता आफैंले ब्यहोर्ने छ । युएई जाने हवाई टिकट पनि रोजगारदाताले नै उपलब्ध गराउने सहमति भएको छ ।
६ महिनाअघि दुई देशबीच भएको समझदारीलाई कार्यान्वयन गराउन दुई दिन श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र युएईको मानव संशाधन मन्त्रालयका अधिकारीहरुले छलफल गरेका थिए । यस्तो सहमति नेपालले २०७५ को कात्तिक १२ मा पहिलोपटक मलेसियासँग गरेको थियो ।

सहमतिका मुख्य बुँदा

(कामदारको सम्पूर्ण खर्च रोजगारदाताले ब्यहोर्ने
(म्यानपावरको सेवा, शुल्क रोजगारदातासँगको सहमति अनुसार हुने
(हवाई टिकट रोजगारदाताले दिने
(कानुनी उपचारको क्रममा हुने खर्च रोजगारदाताले ब्यहोर्ने
(कानुनी प्रक्रियामा रहँदा श्रमिकले नियमित पारिश्रमिक पाउने
(रोजगारदाताको कमीकमजोरीका कारण कामदार बेरोजगार भए अर्को रोजगारी खोज्न सक्ने
(कामदारलाई ज्याला, ओभरटाइम, भत्ता, न्यायमा पहुँचजस्ता सुविधामा विभेद गर्न नपाइने
(कामदारले पाउने सेवा सुविधा तत्काल भुक्तानी गर्नुपर्ने

नागरिक दैनिकबाट

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP