Trending
flash विजयनगरमा सार्वजनिक सुनुवाई सम्पन्न flash लुम्बिनी प्रदेशमै उत्कृष्ट अंकसहित शिवराज अस्पताल पहिलो स्थानमा flash सशस्त्र प्रहरीको कडा एक्सन, २४ घण्टाभित्र ११ लाखभन्दा बढीको अवैध सामान बरामद flash विजयनगरको नवौँ गाउँसभा सम्पन्न, ६८ करोड ११ लाखको बजेट प्रस्तुत flash बन्ने भयाे हल्लानगर-पत्थरदेइया-मैनारी-झिंगाहा सडक, अध्यक्ष थापाको पहल सफल flash पोषण तथा जीविकोपार्जनका गतिविधि प्रभावकारी बनाउन विजयनगरमा अनुगमन flash विजयनगरमा वित्तीय साक्षरता तथा सुरक्षित आप्रवासन सम्बन्धी अभिमुखीकरण flash थरौली आधारभूत विद्यालयमा ४ कोठे भवन शिलान्यास flash शिवराज अस्पताल : निःशुल्क मुटु, मिर्गौला तथा बहु-विशेषज्ञ स्वास्थ्य शिविर : पहिलो दिनमै १ हजार ५ सय ९५ बिरामी लाभान्वित flash विजयनगरमा विकासको अर्को उपलब्धी : ४ मोटरेबल पक्की पुल निर्माण सुनिश्चित

अब युएई जान पैसा नलाग्ने, नेपाली कामदारले पाउनेछन् यस्ता सुविधा

काठमाडौं

रोजगारीका लागि संयुक्त अरब इमिरेट्स९युएई० जाने श्रमिकले म्यानपावर कम्पनीलाई अब एक रुपैंयाँ पनि तिर्न नपर्ने भएको छ ।
काठमाडौंमा सोमबार सम्पन्न नेपाल–युएई संयुक्त कार्य समूह बैठकले विगतको शून्य लागतको श्रम समझदारी९एमओयू० लाई कार्यान्वयनमा लैजाने सहमति गरेपछि युएई जानेले एक रुपैंयाँ पनि तिर्नु नपर्ने भएको हो ।

त्यहाँ जाँदा लाग्ने सबै खर्च अब रोजगारदाता आफैंले ब्यहोर्ने छ । युएई जाने हवाई टिकट पनि रोजगारदाताले नै उपलब्ध गराउने सहमति भएको छ ।
६ महिनाअघि दुई देशबीच भएको समझदारीलाई कार्यान्वयन गराउन दुई दिन श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र युएईको मानव संशाधन मन्त्रालयका अधिकारीहरुले छलफल गरेका थिए । यस्तो सहमति नेपालले २०७५ को कात्तिक १२ मा पहिलोपटक मलेसियासँग गरेको थियो ।

सहमतिका मुख्य बुँदा

(कामदारको सम्पूर्ण खर्च रोजगारदाताले ब्यहोर्ने
(म्यानपावरको सेवा, शुल्क रोजगारदातासँगको सहमति अनुसार हुने
(हवाई टिकट रोजगारदाताले दिने
(कानुनी उपचारको क्रममा हुने खर्च रोजगारदाताले ब्यहोर्ने
(कानुनी प्रक्रियामा रहँदा श्रमिकले नियमित पारिश्रमिक पाउने
(रोजगारदाताको कमीकमजोरीका कारण कामदार बेरोजगार भए अर्को रोजगारी खोज्न सक्ने
(कामदारलाई ज्याला, ओभरटाइम, भत्ता, न्यायमा पहुँचजस्ता सुविधामा विभेद गर्न नपाइने
(कामदारले पाउने सेवा सुविधा तत्काल भुक्तानी गर्नुपर्ने

नागरिक दैनिकबाट

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP