Trending
राजनीति अपहरणको आरोपमा पाँच जना पक्राउ राजनीति मनमोहन अधिकारी अविचलित कम्युनिष्ट आन्दोलनको पर्याय : ईश्वर पोखरेल राजनीति दलमा आबद्ध शिक्षकलाई कारवाही गर्न शिक्षामन्त्रीले मागिन् निर्वाचन आयोगसँग विवरण राजनीति कर्णालीका मुख्यमन्त्री कँडेलले आज विश्वासको मत लिँदै राजनीति मनमोहन अधिकारीको २५औँ स्मृति दिवस आज समाज बाँकेका किसान चैते धानप्रति आकर्षित समाज ट्र्याक्टरबाट खसेर एकजनाको मृत्यु समाज वनमा लागेको डढेलो गाउँ फैलिँदा १३ घर खरानी अन्तर्राष्ट्रिय पत्नीलाई मुद्दा परेपछि स्पेनका प्रधानमन्त्रीले स्थगन गरे सार्वजनिक जिम्मेवारी राजनीति अहिलेको स्वतन्त्रता र अधिकार कसैको निगाहबाट प्राप्त हैन : पूर्वराष्ट्रपति भण्डारी

कपिलवस्तुमा ३७ केजी चरेश सहित २ महिला पक्राऊ

मनिष गुप्ता

कपिलवस्तु असोज ७ 

कपिलवस्तुको कृष्णनगरमा ३७ केजी चरेस सहित २ जना महिला पक्राऊ परेका छन । सुटकेस र शरीरमा लुकाएर ल्याउदै गरेको अवस्थामा २ महिला पक्राउ परेका हुन । इलाका प्रहरी कार्यालय कृष्णनगरले कार्यालय अगाडी चेक जाँच गर्ने क्रममा  पक्राउ गरेको हो । पक्राउ पर्ने मकवानपुर मनहारी गा.प. ९ बस्ने बर्ष ४० कि शान्ति तामाङ र राेल्पा घर भई हल शिवराज नगरपालिका ९ बनियाभार बस्ने बर्ष ३५ कि बसन्ति धर्तिलाई ३७ किलाे चरेश सहित पक्रऊ गरिएकाे इप्रका कृष्णनगरका प्रहरी निरीक्षक प्रताप पौडेलले बताउनु भयो । 

कपिलवस्तु प्रहरीले सोमवार यशोधरा ७ मर्यादपुर बाट लागु औषध सहित २ भारतीय नागरिक पक्राउ गरेको थियो । ब्राउन सुगर बिक्री गर्ने उद्धेश्यले सिमावर्ती वजार मर्यादपुर पुगेका दुवै जनालाई जिल्ला प्रहरी कार्यालय कपिलवस्तुको सुराकीको आधारमा पक्राउ गरेको थियो । पक्राउ पर्नेमा भारतको सिद्धार्थनगर जिल्ला सोहरतगढ बस्ने वर्ष २५ को नियाज धुनिया र वर्ष २० को अजमेरी धनिया रहेका छन् । 

उनीहरुको साथबाट प्रहरीले २७ ग्राम ब्राउन सुगर वरामद गरेको छ । धागोले बेरीएको अवस्थामा ८ वटा पोका बनाई प्लास्टिकमा राखी लुकाएर ल्याएका थिए । पक्राउ परेकालाई जिल्ला अदालतबाट म्याद थप गरी थप अनुसन्धान गर्न सुरु गरीएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी उपरीक्षक नवराज अधिकारीले बताउनु भयो ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP