काठमाण्डाै – सुनचाँदीको भाउ आज पनि घटेको छ । सुनको भाउ आज तोलामा एक हजार २ सय रुपैयाँ घटेर तोलाको ९४ हजार ३ सय रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
हिजो तोलामा एक हजार ७ सय रुपैयाँ घटेर ९५ हजार ५ सय रुपैयाँ थियो । नाफा सुरक्षित गर्नको लागि अन्तर्राष्ट्रिय बजारमा सुन बिक्रिमा आएपछि भाउ घट्दै गएको महासंघ अन्तर्गतको भाउ निर्धारण समितिका संयोजक तेजरत्न शाक्यले जानकारी दिनुभयो ।
यस्तै चाँदी आज तोलामा ४० रुपैयाँ घटेको छ । चाँदी आज तोलाको एक हजार १ सय ९० रुपैयाँमा झरेको छ ।
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया