Trending
राजनीति अपहरणको आरोपमा पाँच जना पक्राउ राजनीति मनमोहन अधिकारी अविचलित कम्युनिष्ट आन्दोलनको पर्याय : ईश्वर पोखरेल राजनीति दलमा आबद्ध शिक्षकलाई कारवाही गर्न शिक्षामन्त्रीले मागिन् निर्वाचन आयोगसँग विवरण राजनीति कर्णालीका मुख्यमन्त्री कँडेलले आज विश्वासको मत लिँदै राजनीति मनमोहन अधिकारीको २५औँ स्मृति दिवस आज समाज बाँकेका किसान चैते धानप्रति आकर्षित समाज ट्र्याक्टरबाट खसेर एकजनाको मृत्यु समाज वनमा लागेको डढेलो गाउँ फैलिँदा १३ घर खरानी अन्तर्राष्ट्रिय पत्नीलाई मुद्दा परेपछि स्पेनका प्रधानमन्त्रीले स्थगन गरे सार्वजनिक जिम्मेवारी राजनीति अहिलेको स्वतन्त्रता र अधिकार कसैको निगाहबाट प्राप्त हैन : पूर्वराष्ट्रपति भण्डारी

ट्रम्प भन्छन्– बाइडनले आफू निर्वाचित भएको घोषणा नगरुन्

काठमाडौं । रिपब्लिकन पार्टीका उम्मेदवार डोनाल्ड ट्रम्पले आफ्ना प्रतिस्पर्धी जो बाइडनलाई राष्ट्रपति निर्वाचित भएको घोषणा नगर्न चेतावनी दिएका छन् ।

राष्ट्रपति पदको निर्वाचनमा बाइडन जित नजिक पुगेका समाचार आइरहेका बेला ट्रम्पले सो चेतावनी दिएका हुन् ।

ट्विट गर्दै ट्रम्पले लेखेका छन्, ‘बाइडनले राष्ट्रपति पदको दाबी नगरुन् । यस्तो दाबी त म पनि गर्न सक्छु । कानुनी प्रक्रिया भर्खरै शुरु भएको छ ।’


कानुनी प्रक्रिया सुरु भएपछि आफ्नो अग्रता फेरि फर्किने विश्वास ट्रम्पलाई छ । उनले ट्वीटरमा थप लेखेका छन्, ‘चुनाव भएको राति सबै राज्यहरुमा मेरो अग्रता थियो तर दिन बित्नासाथ चामत्कारिक ढंगले गायब भएको देखियो । हाम्रो कानुनी कारबाही अगाडि बढेपछि सायद त्यो अग्रता फर्किने छ ।’

मत गणनामा धाँधली भएको भन्दै ट्रम्प र उनका समर्थकहरु अदालत गएका छन् । तर ट्रम्पले धाँधली भएको प्रमाण पेश गर्न नसकेको अन्तर्राष्ट्रिय सन्चार माध्यमहरुले उल्लेख गरेका छन् ।

महत्वपूर्ण मानिएको पेन्सलभेनियामा बाइडनले ट्रम्पलाई पछि पारेका छन् । बाइडन १३ हजार मत अन्तरले ट्रम्पभन्दा अगाडि रहेको बीबीसीले लेखेको छ ।

बीबीसीका अनुसार एरिजोना, नेभाडा र जर्जियामा पनि बाइडनको अग्रता छ । जर्जियामा अमेरिकी सैनिकको भोटबाट ट्रम्प अगाडि आउन सक्ने अनुमान पनि लगाइएको छ ।

जर्जियामा बाइडन ४ हजार २ सय भन्दा बढी मतले अगाडि छन् । अटलान्टा नजिकको ग्विनेट काउन्टीको ७ हजार भोट गणना भइसक्दाको परिणाम हो । अझै ८ हजार ८ सय ९० मिलिटरी पोष्टल भोट गन्न बाँकी छ ।

जानकारहरुका अनुसार अमेरिकी चुनावमा धेरैजसो सैनिकहरुले रिपब्लिकनलाई भोट हाल्ने गरेका छन् । यद्यपि ट्रम्प धेरै पटक सैन्य अधिकारीहरुसँग विवादमा परेकाले केही सैनिकले भोट नदिन पनि सक्ने समाचारमा उल्लेख छ ।

अमेरिकाका ५० मध्ये ४४ राज्यको मतगणनाको परिणाम आइसकेको छ । राष्ट्रपति निर्वाचित हुन २७० इलेक्टोरल मत आवश्यक पर्नेमा बाइडनले २५३ र ट्रम्पले २१४ मत पाएका छन् ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP