गाेठमा आगलागि हुँदा गुल्मीमा एक जनाको ज्यान गयो

गुल्मी – गुल्मीको इस्मा गाउँपालिका ३ तोरीपाटाका चिन्ताबहादुर सार्कीको गोठमा आगलागि हुँदा एक जनाको ज्यान गएको छ । 

शुक्रबार राति आगलागि हुँदा परिचय खुल्न नसकेका एक जनाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक रबीन्द्रबहादुर खड्काले जानकारी दिनुभयो । 

गोठमा चिन्ताबहादुरका परिवारका कोही पनि नसुतेकाले शव कसको हो भन्ने बारे खुल्न नसकेको उहाँले बताउनुभयो । 

घटनाको इलाका प्रहरी कार्यालय पुर्कोट दहले थप अनुसन्धान गरिरहेको छ । आगलागिका कारण गोठमा रहेका भैंसी र गोरु समेत जलेर घाइते भएका छन् । 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

TOP