Trending
राजनीति अपहरणको आरोपमा पाँच जना पक्राउ राजनीति मनमोहन अधिकारी अविचलित कम्युनिष्ट आन्दोलनको पर्याय : ईश्वर पोखरेल राजनीति दलमा आबद्ध शिक्षकलाई कारवाही गर्न शिक्षामन्त्रीले मागिन् निर्वाचन आयोगसँग विवरण राजनीति कर्णालीका मुख्यमन्त्री कँडेलले आज विश्वासको मत लिँदै राजनीति मनमोहन अधिकारीको २५औँ स्मृति दिवस आज समाज बाँकेका किसान चैते धानप्रति आकर्षित समाज ट्र्याक्टरबाट खसेर एकजनाको मृत्यु समाज वनमा लागेको डढेलो गाउँ फैलिँदा १३ घर खरानी अन्तर्राष्ट्रिय पत्नीलाई मुद्दा परेपछि स्पेनका प्रधानमन्त्रीले स्थगन गरे सार्वजनिक जिम्मेवारी राजनीति अहिलेको स्वतन्त्रता र अधिकार कसैको निगाहबाट प्राप्त हैन : पूर्वराष्ट्रपति भण्डारी

हिमपात साना किषान कृषी सहकारी संस्थाको तेस्रो साधारण सभा सम्पन्न ।।

पुष ५ , केशव बेल्वासे,

हिमपात साना किषान कृषी सहकारी संस्थाको तेस्रो साधारण सभा सम्पन्न भएको छ । कपिलवस्तुको शिबराज नगरपालिका वडा न ५ मा रहेको सहकारी संस्थाले तेस्रो वार्षिक साधारण सभा आज सम्पन्न गरेको हो ।
कार्यक्रमका प्रमुख अतिथी प्रदेश सभा सदस्य अर्जुन कुमार केसीले तिन बर्ष अघी सुरु गरेको सहकारीले अहिले ८०० सेयर सदस्य बनाउन सफल भएकोमा खुसि ब्यक्त गर्दै अझै सेयर सदस्य बढाउन अनुरोध गर्नु भयो । महिलाहरुको थोरै लगानीबाट सुरु गरेको सहकारीले कृषि तथा उत्पादनशिल क्षेत्रमा लगाएर राम्रो काम गरेको बताउनु भयो ।
प्रदेश सभा सदस्य केसिले सहकारी भनेकोे सहकार्यको पात्र भएकोले नागरिकहरुलाई सहज ढङगवाट ऋण उपलव्ध गराउने र बिभिन्न रचनातमक काम गर्ने संस्था भएको बताउनु भयो । समाज रुपान्तरणमा सहकारीको अहम भुमीका रहेको बताउनु भयो । अब सहकारीबाट ऋण लगेर उत्पादन शिल क्षेत्रमा लगाएर आत्म निर्भर बनु पर्ने बताउनु भयो ।

त्यस्तै कार्यक्रमका विशिष्ट अतिथी प्रधानमन्त्री कृषी आधुनीकिकरण परियोजना तथा माछा जोन कपिलवस्तुका प्रमुख पृथ्वी लामिछानेले सहकारीले बजार प्रर्बधन गरेर सहकारीबाट उत्पादीत बस्तुको बजार व्यवस्थापन गर्नुपर्ने र सहकारीको मापदण्ड अनुसार काम गरेमा अनुदान पाउने बताउनु भयो । सानो सानो रकम जम्मा गरेर विभिन्न सामाजीक काम समेत गरेर सहकारीले छोटो समयमा रचनात्मक काम गर्न सफल भएको बताउनु भयो ।
त्यस्तै नेकपा शिवराज नगर कमिटी सचिव जगत पौडेलले यस सहकारी संस्थाले बिज्ञसंग छलफल र तथा परामर्श गरि कृषि पकेट क्षेत्र घोषका लागि पहल गर्नु पर्ने बताउनु भयो ।

त्यस्तै कार्यक्रममा व्यापारसंघ कपिलबस्तुका अध्यक्ष महादेव पोख्रेलेले घरबाट सानो बचत गर्ने बानि बसाल्नु पर्ने कमाएको थोरै पैसा भएपनि सुरक्षित ठाउँमा लगानि लगाउनु पर्ने र घरबाट उत्पादन गरेर खाने बानि बसाल्नु पर्ने बताउनु भयो । अब परम्परागत रुपमा होइन व्यावसाहिक रुपमा खेति गर्ने र उत्पादन गरेका बस्तु बजारिकरण गर्ने समस्या भएमा अब तेसको लागि व्यापारसंघले पहल गर्ने बताउनु भयो ।
हिमपात साना किषान कृषी सहकारी संस्थाका अध्यक्ष शिवराज सुबेदिले सबैको साथ र सहयोगबाट सहकारीले अहिलेसम्म ४ करोडको हारहारीमा कारेबार गर्न सफल भएको बताउनु भयो ।सहकारी २०० जनाको सेयर सदस्य बाट सुरुगरी छोटो समयमा नै हाल ८१३ जना सेयर बनाउन सफल भएको र सेयर सदस्यमा महिला ५०० र पुरुष ३१३ जना रहेका छन ।

कार्यक्रममा उकृष्ट असल ऋण्ीा तथा समयमै दैनिक बचत र ब्याज जम्मा गर्ने समयमै भुत्तानी गर्ने विभिन्न समूहका ५ बचत कर्ताहरुलाई र उक्त सहकारीले सञ्चालन गरेको रक्तदान कार्यक्रम मार्फत रक्तदान गर्ने रक्तदाता लाई पनि सम्मान गरीएको थियो ।
शिवराज नगरपालीका नेपाली काग्रेसका सभापती मधुसुधन पोख्रेल, हिमपात साना किषान कृषी सहकारी संस्थाका सल्लाहाकार सदस्य पिष्णु प्रसाद खतीवडा, सहकारी संस्थाका जिल्ला सल्लाहाकार सदस्य जिवलाल पौडेल,शिवराज नगर शिक्षा साखाका पुर्णबहादुर वि.क,तथा विभिन्न संस्थाका प्रतिनिधि, बिभिन्न सहकारी सस्थाका प्रतिनिधि,लगायतको उपस्थिति रहेको कार्यक्रममा स्वागत मनत्वय सस्थाका उपाअध्यक्षले गर्नु भएको थियो ।
प्रदेश सभा सदस्य अर्जुन कुमार के सीको प्रमुख आतित्यथा , प्रधानमन्त्री कृषी आधुनीकिकरण परियोजना तथा माछा जोन कपिलवस्तुका प्रमुख पृथ्वी लामिछानको विशिष्ट आतित्यथा र हिमपात साना किषान कृषी सहकारी संस्थाका अध्यक्ष शिवराज सुबेदिको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन संस्थाका सचिब शिसिर लामीछानेले गर्नु भएको थियो ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP