Trending
flash विजयनगरमा सार्वजनिक सुनुवाई सम्पन्न flash लुम्बिनी प्रदेशमै उत्कृष्ट अंकसहित शिवराज अस्पताल पहिलो स्थानमा flash सशस्त्र प्रहरीको कडा एक्सन, २४ घण्टाभित्र ११ लाखभन्दा बढीको अवैध सामान बरामद flash विजयनगरको नवौँ गाउँसभा सम्पन्न, ६८ करोड ११ लाखको बजेट प्रस्तुत flash बन्ने भयाे हल्लानगर-पत्थरदेइया-मैनारी-झिंगाहा सडक, अध्यक्ष थापाको पहल सफल flash पोषण तथा जीविकोपार्जनका गतिविधि प्रभावकारी बनाउन विजयनगरमा अनुगमन flash विजयनगरमा वित्तीय साक्षरता तथा सुरक्षित आप्रवासन सम्बन्धी अभिमुखीकरण flash थरौली आधारभूत विद्यालयमा ४ कोठे भवन शिलान्यास flash शिवराज अस्पताल : निःशुल्क मुटु, मिर्गौला तथा बहु-विशेषज्ञ स्वास्थ्य शिविर : पहिलो दिनमै १ हजार ५ सय ९५ बिरामी लाभान्वित flash विजयनगरमा विकासको अर्को उपलब्धी : ४ मोटरेबल पक्की पुल निर्माण सुनिश्चित

भाेलि सार्वजनिक बिदा हुन्छ कि हुँदैन ? सरकारले अझै निर्णय गर्न सकेन

 बिहीबार (भाेलि) खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले सार्वजनिक बिदा हुन्छ कि हुँदैन भन्ने जिज्ञासा बढेको छ । तर सरकारले अहिलेसम्म सार्वजनिक बिदाबारे निर्णय गरेको छैन ।

बिहीबार बिदा हुन्छ त ? भन्ने जिज्ञासामा गृह मन्त्रालयका प्रवक्ता केदारनाथ शर्माले भन्नुभयो, ‘२०७२ सालमा सूर्यग्रहण भएको बेला बिदा दिइएको रहेछ, तर यसपालि अहिलेसम्म यसबारे निर्णय भैसकेको छैन । मन्त्रिपरिषद्ले निर्णय गर्‍याे भने बेलुकासम्म थाहा हुन्छ ।’ 

नेपाल पञ्चाङ्ग निर्णायक समितिका अनुसार ग्रहण बिहीबार बिहान ८ बजेर ४२ मिनेटदेखि सुरु भएर ११ बजेर ३१ मिनेटमा सकिनेछ । ग्रहण लाग्नु अघिदेखि नसकिँदासम्म खानपान गर्न हुँदैन भन्ने शास्त्रीय मान्यता छ ।  

ग्रहणले बिहान ८ः४२ मा स्पर्श गर्ने नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा. डा. रामचन्द्र गौतमले जानकारी दिनुभयो । पश्चिम र नैऋत्य कोणको बीचबाट बिहान ग्रहण सुरु हुनेछ । बिहान १०ः०१ बजे मध्य हुने ग्रहण ११ः३१ बजे समाप्त हुनेछ । पूर्व र आग्नेय कोणको बीचबाट ग्रहण समाप्त हुने समितिले जनाएको छ ।

ग्रहण लाग्नुभन्दा चार प्रहर (१२ घण्टा) अघि अर्थात् बुधबार बेलुकी ८ः४२ देखि बालक, वृद्ध र रोगीबाहेकलाई शास्त्रीयरूपमा भोजन निषेध रहेको गौतमले बताउनुभयो ।

सूर्यग्रहण प्रत्यक्ष आँखाले हेर्न हुँदैन । कुनै भाँडामा पानी राखेर वा सुरक्षित यन्त्रका माध्यमबाट सूर्यग्रहण हेर्न सकिने छ ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP