Trending
flash विजयनगरमा सार्वजनिक सुनुवाई सम्पन्न flash लुम्बिनी प्रदेशमै उत्कृष्ट अंकसहित शिवराज अस्पताल पहिलो स्थानमा flash सशस्त्र प्रहरीको कडा एक्सन, २४ घण्टाभित्र ११ लाखभन्दा बढीको अवैध सामान बरामद flash विजयनगरको नवौँ गाउँसभा सम्पन्न, ६८ करोड ११ लाखको बजेट प्रस्तुत flash बन्ने भयाे हल्लानगर-पत्थरदेइया-मैनारी-झिंगाहा सडक, अध्यक्ष थापाको पहल सफल flash पोषण तथा जीविकोपार्जनका गतिविधि प्रभावकारी बनाउन विजयनगरमा अनुगमन flash विजयनगरमा वित्तीय साक्षरता तथा सुरक्षित आप्रवासन सम्बन्धी अभिमुखीकरण flash थरौली आधारभूत विद्यालयमा ४ कोठे भवन शिलान्यास flash शिवराज अस्पताल : निःशुल्क मुटु, मिर्गौला तथा बहु-विशेषज्ञ स्वास्थ्य शिविर : पहिलो दिनमै १ हजार ५ सय ९५ बिरामी लाभान्वित flash विजयनगरमा विकासको अर्को उपलब्धी : ४ मोटरेबल पक्की पुल निर्माण सुनिश्चित

संसदको बिरोधमा स्थानियले गरे सडक अवरुद्ध

कपिलवस्तु ९ पुष

कपिलवस्तु क्षेत्र नं. ३ का प्रतिनिधिसभा सदस्य अभिषेक प्रताप शाहको बिरुद्धमा सडक अवरुद्ध गरिएको छ । अभिनेता श्यामकुमार मिश्रालाई कुटपिट गरेको भन्दै स्थानियले कारवाहीको लागि माग गरेका छन । गत पुष ५ गते आफ्नै घरमा बोलाएर निर्घात कुटपिट गरेको सांसदलाई आरोप लागेको छ । बुधवार मिश्रका सर्मथकहरुले चन्द्रौटा–कृष्णनगर सडकखण्डमा सवारी आवतजावतमा रोक लगाएका हुन । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाको नेतृत्वमा बुधवार बिहान ८ बजे देखी १२ बजे सम्म आमहड्ताल गरेको राप्रपा जिल्ला उपाध्यक्ष प्रेम संकर शुक्लाले बताउनुभयो । “यो पहिलो चरणको दबाव हो प्रशासनले कारवाही नगरे हामी आन्दोलनमा जान्छौं” शुक्लाले भन्नुभयो । सांसद शाह र उनका गाडीका चालक शशिकान्त कास्यपले कोठामा थुनेर कुटेको पीडित पक्षको भनाई रहेको छ । पटक पटक सांसद शाहले मिश्रालाई फोन गरेर बोलाएको कारण मिश्रा सांसद निवास पुगेको पीडित मिश्राले वताउनुभएको छ । मिश्राको शरीरमा गम्भीर चोटपटक भएका कारण बहादुरगंजमा रहेको शिवराज अस्पतालवाट बुटवल रिफर गरिएको थियो । मिश्रालाई सांसद शाह र उनका ड्राइभरले कुटपिट गरेको भन्ने जानकारी प्रहरीमा आएको कपिलवस्तुका प्रहरी उपरीक्षक दिपशम्शेर जबराले बताउनुभयो । घटनालाई राजनीति मोडमा लगेकोले प्रहरीलाई घटना मिलाउन दबाव परेको छ । घटनाबारे अनुसन्धान भइरहेको भन्दै दोषिलाई कारवाही गरिने उपरिक्षक जबराले वताउनुभयो । यता सांसद शाहले भने आफ्नो ड्राइभर र उनीबीच कुटपिट भएको तर आफुले न कुटेको भन्दै विज्ञप्ति निकाल्नुभएको छ । मिश्राले मदिरा सेवन गरेको कारण ड्राइभर सगँ बिवाद भएको वताउनुभएको छ । ‘मैले मिश्रा माथि हातपात तथा कुनै दुव्र्यवहार गरेको छैन,वरु श्याम मिश्राले नै मलाई अपशव्द प्रयोग गरी बेईज्जत गर्न खोजिएको हो’ सांसद शाहको विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP