Trending
flash पूर्वपश्चिम राजमार्ग : डाईभर्सन बाढीले बगाउँदा सवारी आवागमन अवरुद्ध flash माटोको ढिस्को खस्दा एक जनाको मृत्यु, ५ जना घाइते flash ५० वर्ष पुगेका एकल महिला र पुरुषलाई जीवन निर्वाह भत्ता समाज अमलेखगञ्‍जको जंगलमा बाघको आक्रमणबाट एकजनाको मृत्यु समाज ‘बिजनेस दिन’ र संसद्लाई सक्रिय तुल्याउन सरकार चुकेको छैन : कानुनमन्त्री चौरसिया समाज पर्यटकको रोजाइमा लटारम्मेश्वर समाज सुनको मूल्य तोलामा ९ सय बढ्यो राजनीति प्रधानमन्त्रीको नेतृत्वमा रहेको उच्चस्तरीय सुशासन आयोगको बैठक बस्दै राजनीति रौतहटमा दुईसय व्यक्ति कांग्रेसमा प्रवेश, मधेश सभापति यादवले गरे स्वागत राजनीति भिजिट भिसा प्रकरणमा उच्चस्तरीय छानबिन समिति चाहिन्छ : रास्वपा

संसदको बिरोधमा स्थानियले गरे सडक अवरुद्ध

कपिलवस्तु ९ पुष

कपिलवस्तु क्षेत्र नं. ३ का प्रतिनिधिसभा सदस्य अभिषेक प्रताप शाहको बिरुद्धमा सडक अवरुद्ध गरिएको छ । अभिनेता श्यामकुमार मिश्रालाई कुटपिट गरेको भन्दै स्थानियले कारवाहीको लागि माग गरेका छन । गत पुष ५ गते आफ्नै घरमा बोलाएर निर्घात कुटपिट गरेको सांसदलाई आरोप लागेको छ । बुधवार मिश्रका सर्मथकहरुले चन्द्रौटा–कृष्णनगर सडकखण्डमा सवारी आवतजावतमा रोक लगाएका हुन । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाको नेतृत्वमा बुधवार बिहान ८ बजे देखी १२ बजे सम्म आमहड्ताल गरेको राप्रपा जिल्ला उपाध्यक्ष प्रेम संकर शुक्लाले बताउनुभयो । “यो पहिलो चरणको दबाव हो प्रशासनले कारवाही नगरे हामी आन्दोलनमा जान्छौं” शुक्लाले भन्नुभयो । सांसद शाह र उनका गाडीका चालक शशिकान्त कास्यपले कोठामा थुनेर कुटेको पीडित पक्षको भनाई रहेको छ । पटक पटक सांसद शाहले मिश्रालाई फोन गरेर बोलाएको कारण मिश्रा सांसद निवास पुगेको पीडित मिश्राले वताउनुभएको छ । मिश्राको शरीरमा गम्भीर चोटपटक भएका कारण बहादुरगंजमा रहेको शिवराज अस्पतालवाट बुटवल रिफर गरिएको थियो । मिश्रालाई सांसद शाह र उनका ड्राइभरले कुटपिट गरेको भन्ने जानकारी प्रहरीमा आएको कपिलवस्तुका प्रहरी उपरीक्षक दिपशम्शेर जबराले बताउनुभयो । घटनालाई राजनीति मोडमा लगेकोले प्रहरीलाई घटना मिलाउन दबाव परेको छ । घटनाबारे अनुसन्धान भइरहेको भन्दै दोषिलाई कारवाही गरिने उपरिक्षक जबराले वताउनुभयो । यता सांसद शाहले भने आफ्नो ड्राइभर र उनीबीच कुटपिट भएको तर आफुले न कुटेको भन्दै विज्ञप्ति निकाल्नुभएको छ । मिश्राले मदिरा सेवन गरेको कारण ड्राइभर सगँ बिवाद भएको वताउनुभएको छ । ‘मैले मिश्रा माथि हातपात तथा कुनै दुव्र्यवहार गरेको छैन,वरु श्याम मिश्राले नै मलाई अपशव्द प्रयोग गरी बेईज्जत गर्न खोजिएको हो’ सांसद शाहको विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP