Trending
राजनीति रेशमलाई छाड्न सर्वोच्चबाट पठाइयो अर्को पत्र, पक्राउको पत्र काट्ने शाखा अधिकृत आफैँ पक्राउ राजनीति गणतन्त्रमा स्वतन्त्र हुन नचाहेर ‘रैती हुन पाऊँ’ भन्नेहरूले व्यवस्थाको विरोध गरे : प्रधानमन्त्री राजनीति रेशम चौधरीलाई कार्यक्रमस्थलमै पक्राउ गर्नु अलोकतान्त्रिक : सिके राउत राजनीति सत्ता गठबन्धनको बैठकमा के–के भयो ? राजनीति रेशम चौधरी पक्राउ, जनमतसँगको एकता घोषणा कार्यक्रम स्थगित राजनीति कञ्चनपुरमा प्रचण्ड, सहिद परिवारहरूसँग भेटघाट राजनीति प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउँदै एकीकृत समाजवादी समाज प्रहरीद्वारा अवैध घरेलु मदिरा नष्ट राजनीति सत्तारुढ दलहरूको बैठक बालुवाटारमा समाज सुन तोलामा सात सयले घट्यो, कतिमा हुँदैछ कारोबार?

राजपालाई झटका नेम्वाङ सभामुख बन्ने पक्का

काठमाडौं पुस ९ गते । प्रतिनिधिसभाका लागि सभामुख सुवाष नेम्वाङ हुने लगभग पक्का भएको छ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्षद्वय केपी शर्मा अ‍ोली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहमत भएपछि नम्वाङ सभामुख बन्ने पक्का भएको छ ।

पुस ११ गतेदेखि सभामुख र उपसभामुख चयन गर्ने प्रकृया हुँदैछ । त्यसअघि नेकपाका दुईजना अध्यक्षले नेम्वाङलाई सभामुख बनाउने सहमति गरेको बालुवाटार स्रोतले जनाएको छ । उपसभामुख रहनु भएको शिवमाया तुम्बाहाम्फेले पनि राजिनामा दिने मुड बनाई सक्नुभएको छ । यद्यपी यो कुरा सार्वजनिक भएको छैन ।

राष्ट्रपति विद्यादेवी भण्डारीले तुम्बाहाम्फे सभामुख बन्नुपर्ने दवाव अध्यक्षद्वयलाई दिइरहनु भएको थियो तर अध्यक्षद्वय ओली र प्रचण्डले सभामुखको नेम्वाङको लागि सहमति भइसकेको भनेपछि अहिले राष्ट्रपति भण्डारी पनि शान्त हुनुभएको छ । शिवमाया तुम्बाहाम्फेलाई उपसभामुखबाट राजिनामा दिन लगाएपछि कानुन मन्त्री बनाउने सम्भावना बढेको बालुवाटार स्रोतले जनाएको छ ।

कृष्ण बहादुर महराले संसदीय सचिवालयका महिला कर्माचरीलाई दुरव्यवहार गरेको कारण थुनामा गएपछि सभामुख पद खाली भएको थियो । सभामुख र उपसभामुख फरकफरक पार्टीलाई दिने कानुनमा उल्लेख भएको कारण नेकपाले सभामुख आफैसँग राखेपछि उपसभामुख अरु पार्टीलाई दिनुपर्ने भएकाले तुम्बाहाम्फेलाई राजिनामा दिनु परेको छ ।

यता, सभामुखका लागि तत्कालिन माओवादी केन्द्र पक्षले दावी गर्दै आएको छ । महरा तत्कालिन माओवादीको तर्फबाट सभामुख भएको हुनाले अहिले पनि सोही पक्षबाट हुनुपर्ने दावी गर्दै आएको छ ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
२०७६ माघ १४, मंगलवार ०८:०४ गते

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP