Trending
casino Jak kapitał wpływa na wybór gier w kasynie Vox casino Jak logowanie na Mostbet jest proste dla nowych użytkowników flash सांसद शाहविरुद्ध पक्राउ पुर्जी, आरोप अस्वीकार गर्दै न्यायिक प्रक्रियामा विश्वास flash विजयनगरमा सार्वजनिक सुनुवाई सम्पन्न flash लुम्बिनी प्रदेशमै उत्कृष्ट अंकसहित शिवराज अस्पताल पहिलो स्थानमा flash सशस्त्र प्रहरीको कडा एक्सन, २४ घण्टाभित्र ११ लाखभन्दा बढीको अवैध सामान बरामद flash विजयनगरको नवौँ गाउँसभा सम्पन्न, ६८ करोड ११ लाखको बजेट प्रस्तुत flash बन्ने भयाे हल्लानगर-पत्थरदेइया-मैनारी-झिंगाहा सडक, अध्यक्ष थापाको पहल सफल flash पोषण तथा जीविकोपार्जनका गतिविधि प्रभावकारी बनाउन विजयनगरमा अनुगमन flash विजयनगरमा वित्तीय साक्षरता तथा सुरक्षित आप्रवासन सम्बन्धी अभिमुखीकरण

राष्ट्रियसभा सदस्य निर्वाचनका लागि मतदानस्थल निर्धारण

काठमाडौँ । निर्वाचन आयोगले आगामी माघ ९ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचन प्रयोजनका लागि मतदानस्थल तोकेको छ ।

प्रदेश नम्बर १ को मोरङ जिल्ला विराटनगर महानगरपालिकाको बीरेन्द्र सभागृ, प्रदेश नम्बर २ को धनुषा जिल्ला जनकपुर उपमहानगरपालिकाको महेन्द्र नारायण स्मृति भवन, प्रदेश नम्बर ३ को ललितपुर जिल्ला ललितपुर महानगरपालिकाको वडा समिति भवन, गण्डकी प्रदेशको कास्की जिल्ला निर्वाचन कार्यालय पोखरा, प्रदेश नम्बर ५ को दाङ जिल्ला घोराही उपमहानगरपालिकाको कर्मचारी मिलन केन्द्रको भवन, कर्णाली प्रदेशको सुर्खेत जिल्ला निर्वाचन कार्यालय भवन र सुदूर पश्चिम प्रदेशको डोटी जिल्ला सिलगढी नगरपालिकाको पद्म पब्लिक मुक्ति नारायण उच्च माध्यामिक विद्यालयमा मतदान केन्द्र तोकिएको निर्वाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

प्रदेश नं. १ मा प्रदेशसभा सदस्यतर्फ ९३ र स्थानीय तहतर्पm अध्यक्ष, उपाध्यक्ष तथा प्रमुख, उपप्रमुख दुई सय ८४ गरी जम्मा तीन सय ६७ जना, प्रदेश नं. २ मा प्रदेशसभा सदस्यतर्प एक सय सात र स्थानीय तहतर्पm अध्यक्ष, उपाध्यक्ष तथा प्रमुख, उपप्रमुख दुई सय ७२ गरी जम्मा तीन सय ७९ जना, प्रदेश नं. ३ मा प्रदेशसभा सदस्यतर्पm एक सय १० र स्थानीय तहतर्फ अध्यक्ष, उपाध्यक्ष तथा प्रमुख, उपप्रमुख दुई सय ३८ गरी जम्मा तीन सय ४८ जना मतदाता रहेका छन् ।

यसैगरी गण्डकी प्रदेशमा प्रदेशसभा सदस्यतर्फ ६० र स्थानीय तहतर्फ.अध्यक्ष, उपाध्यक्ष तथा प्रमुख, उपप्रमुख एक सय ७० गरी जम्मा दुई सय ३० जना, प्रदेश नं. ५ मा प्रदेशसभा सदस्यतर्पm ८७ र स्थानीय तहतर्फ अध्यक्ष, उपाध्यक्ष तथा प्रमुख, उपप्रमुख दुई सय १८ गरी जम्मा तीन सय पाँच जना, कर्णाली प्रदेशमा प्रदेशसभा सदस्यतर्पm ४० र स्थानीय तहतर्फ अध्यक्ष, उपाध्यक्ष तथा प्रमुख, उपप्रमुख एक सय ५८ गरी जम्मा एक सय ९८ जना र सुदूर पश्चिम प्रदेशमा प्रदेशसभा सदस्यतर्फ ५३ र स्थानीय तहतर्फ अध्यक्ष, उपाध्यक्ष तथा प्रमुख र उपप्रमुख एक सय ७६ गरी जम्मा दुई सय २९ जना मतदाता रहेका छन् ।

यसरी सातवटा प्रदेशमा प्रदेशसभा सदस्यतर्फका पाँच सय ५० र स्थानीय तहतर्पmका अध्यक्ष, उपाध्यक्ष तथा प्रमुख र उपप्रमुख एक हजार पाँच सय छ गरी कूल जम्मा दुई हजार ५६ जना मतदाता रहेको आयोगले जनाएको छ ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP