काठमाण्डाै – काठमाण्डाैको कीर्तिपुरमा फेला परेको विस्फाेटक पदार्थ ‘प्लाष्टिक ह्याण्ड ग्रेनेड’ डिष्पोज गरिएको छ ।
नेपाली सेनाको डिष्पोजल टोलीले त्यसलाई डिष्पोज गरेको महानगरीय प्रहरी कार्यालय काठमाण्डाैका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक श्यामलाल ज्ञवालीले उज्यालोलाई जानकारी दिनुभयो ।
यसैबीच, जनकपुरधाममा बमको हल्लाले जनजीवन त्रसित बनेको छ । जनकपुरधाम क्षेत्रमा बमसहितका शंकास्पद वस्तु भेटने क्रम चलिरहेको छ । शुक्रबार दिउँसो पनि जानकी मन्दिर नजिकै शंकास्पद वस्तु भेटिएको छ । यसअघि धनुषाको महेन्द्रनगरमा एक प्रहरी निरीक्षक सहित ३ जनाको ज्यान जानेगरी बम विष्फोट भएको थियो ।
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया