जीप दुर्घटना : चालकको ज्यान गयाे

भोजपुर – षडानन्द नगरपालिका १० काे खोटडाँडाबाट धरान जाँदै गरेको बोलेरो जीप दुर्घटना हुदाँ चालकको ज्यान गएको छ । 

दुर्घटनामा गम्भीर घाइते भएका धरान उपमहानगरपालिका १६ का २७ वर्षीय चालक फूर्वा तामाङको संखुवासभाको तुम्लिङटारमा रहेको मनोकामना अस्पतालमा उपचारका क्रममा ज्यान गएकाे प्रहरीले जनाएको छ ।

साेमबार राति सुन्तला लिएर धरानतर्फ जाँदै गरेको को २ च १७९२ नम्बरको बोलेरो जीप अनियन्त्रित भइ सडकबाट खस्दा दुर्घटना भएको थियाे ।

त्यस्तै दुर्घटनामा घाइते भएका तेह्रथुम जिल्लाको लालीगुराँस नगरपालिका ७ का २० वर्षीय सहचालक रविन मगरको भने उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP