Trending
flash विजयनगरमा सार्वजनिक सुनुवाई सम्पन्न flash लुम्बिनी प्रदेशमै उत्कृष्ट अंकसहित शिवराज अस्पताल पहिलो स्थानमा flash सशस्त्र प्रहरीको कडा एक्सन, २४ घण्टाभित्र ११ लाखभन्दा बढीको अवैध सामान बरामद flash विजयनगरको नवौँ गाउँसभा सम्पन्न, ६८ करोड ११ लाखको बजेट प्रस्तुत flash बन्ने भयाे हल्लानगर-पत्थरदेइया-मैनारी-झिंगाहा सडक, अध्यक्ष थापाको पहल सफल flash पोषण तथा जीविकोपार्जनका गतिविधि प्रभावकारी बनाउन विजयनगरमा अनुगमन flash विजयनगरमा वित्तीय साक्षरता तथा सुरक्षित आप्रवासन सम्बन्धी अभिमुखीकरण flash थरौली आधारभूत विद्यालयमा ४ कोठे भवन शिलान्यास flash शिवराज अस्पताल : निःशुल्क मुटु, मिर्गौला तथा बहु-विशेषज्ञ स्वास्थ्य शिविर : पहिलो दिनमै १ हजार ५ सय ९५ बिरामी लाभान्वित flash विजयनगरमा विकासको अर्को उपलब्धी : ४ मोटरेबल पक्की पुल निर्माण सुनिश्चित

नगल्ने फोहर खरिद गर्दै घोराही उपमहानगरपालिका

दाङ ।
घोराही उपमहानगरपालिकाले नगल्ने फोहर खरिद गर्ने भएको छ । नगरको वातावरण तथा विपद् व्यवस्थापन समितिअन्तर्गतको सरसफाइ स्वच्छता शाखाले नगल्ने फोहरहरुको वर्गीकरण गरेर खरिद गर्ने निर्णय गरेको हो ।

कपडा र फेरि प्रयोगमा आउने प्लास्टिकजन्य फोहरलाई प्रतिकिलो ५ रुपैयाँ र फेरि प्रयोगमा नआउने वस्तुलाई प्रतिकिलो ३ रुपैयाँमा खरिद गर्ने निर्णय भएको हो । प्रत्येक वडाका टोल विकास संस्थाले नगल्ने फोहर निश्चित ठाउँमा संकलन गर्ने र उपमहानगरले खरिद गरेर बाहिर बिक्री गर्ने योजना बनाएको छ ।

फोहरबाट संकलित रकमलाई टोल विकास संस्थाले पूर्ण सरसफाइको कार्यक्रमअन्तर्गत साबुन, ब्रस, हारपिक खरिद गर्ने नीति लिइएको समितिका संयोजक शक्तिराम डाँगीले जानकारी दिनुभयो ।

नगल्ने फोहर खरिद गर्न नगरले चालु आर्थिक वर्षमा ७ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । साथै उपमहानगरले प्लास्टिकका झोलालाई निरुत्साहित गर्दै कागज र फाइबरका झोलालाई प्रोत्साहन गर्ने नीति अघि सारेको उहाँको भनाइ छ ।

नगर प्रमुख नरुलाल चौधरीले गल्ने फोहरलाई खेतबारीमै मलको रुपमा व्यवस्थापन गर्नुपर्नेमा जोड दिनुभएको छ । उप-प्रमुख सीता सिग्देल न्यौपानेले लगानी घटाउँदै फोहरलाई पैसासँग जोडेर व्यवस्थापनमा लाग्नुपर्ने बताउनुभयो ।

त्यसैगरी सरसफाइ स्वच्छता शाखा प्रमुख प्रेम केसीले गल्ने र नगल्ने फोहरलाई अर्थसँग जोडेर व्यवस्थापन गर्ने र नगर क्षेत्रबाट निस्किएका गल्ने फोहरबाट घोराहीमा ग्यास र मल उत्पादनको तयारी भैरहेको जानकारी दिनुभयो ।


प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP