Trending
राजनीति स्वास्थ्य क्षेत्रका चुनौती सामना गर्न सक्नुपर्छ : प्रधानमन्त्री समाज काभ्रेमा सुमो दुर्घटना, चालकसहित १० जना घाइते समाज नेपाल लाइफको आकर्षक केटाकेटी सुनौलो भविष्य जीवन बीमा योजना राजनीति ओलम्पियन सूर्योदय नगरपालिका आउँदै flash कृष्णनगर ८ दयानगरका आगलागी पिडितलाई जस्तापाता सहित आवास निर्माणका सामग्री प्रदान flash कृष्णनगरमा ४० कृषकलाई सिँचाई मेसिन वितरण अन्तर्राष्ट्रिय चीनमा पुलमा पानीजहाज ठोक्किएपछि चार जना बेपत्ता अपराध शौचालयको ढोका फुटाएर लकरसहित झन्डै ६ लाख रुपैयाँ चोरेका तीन जना पक्राउ राजनीति सहकारी ठगहरूको सम्पत्ति बेचेर भए पनि बचतकर्ताको पैसा फिर्ता गर्छौं : लामिछाने समाज ‘कर्णाली साँच्चिकै दुर्गम रहेछ’

हेल्मेटको सही छनोट : सुरक्षित यात्राको आधार

मोटरसाइकल चालकले सुरक्षित रुपमा मोटरसाइकल चलाउनको लागि सबैभन्दा आवश्यक कुरा हो, हेल्मेट । यसले सम्भावित दुर्घटनाको जोखिमका साथै धुवाँधुलो, हावापानी लगायत धेरै कुराबाट चालकको टाउको, आँखा र अनुहारलाई बचाउने काम गर्छ । त्यसैले चालकले मोटरसाइकल चलाउँदा गुणस्तरीय, दुर्घटनाको जोखिमबाट बचाउने किसिमको हेल्मेटको प्रयोग गर्नुपर्छ ।

हेल्मेट छान्दा विशेष केही कुरामा ध्यान दिँदा मोटरसाइकल चलाउँदा सुरक्षित हुन सकिन्छ ।

अहिले बजारमा विभिन्न ब्राण्डका मोटरसाइकलहरु उपलब्ध छन् । चालकले पनि आफ्नो छनोटमा महङगा, स्टाइलिस मोटरसाइकल देखि आफ्नो आवश्यकता र क्षमताअनुसारका मोटरसाइकलहरु चलाइरहेका छन् । गएको नाडा शाेमा पनि ३ लाखदेखि ७३ लाखसम्मको मोटरसाइकल पनि सार्वजनिक गरिएको थियो ।

चालकहरु महँगा र स्टाइलिश मोटरसाइकलका साथै स्टाइलिश हेल्मेटको खरिद गर्नुहुन्छ तर यसले उहाँलाई कतिको सुरक्षित बनाइराखेको छ भनेर ख्याल गर्नुहुन्न । 

मोटरसाइकलसँगै चालकले हेल्मेटको खरिदमा पनि ध्यान पुर्‍याउनुपर्छ । सुुरक्षाको हिसाबले हेल्मेट महँगो परे पनि आफ्नो ज्यानको तुलनामा सस्तो पर्ने हुनाले गुणस्तरीय हेल्मेटको किन्नुपर्छ ।

कुनै विशेष मार्क अंकित हेल्मेट छान्ने

हेल्मेटको खरिद गर्दा सर्वप्रथम यसले कुन संस्थाले यसलाई मान्यता दिएको छ भनेर  हेल्मेटको पछाडि अंकित लोगो हेर्नुपर्ने हुन्छ । हेल्मेटको विशेष गरी हेल्मेटको गुणस्तरको जाँचपछि यो लोगो वा प्रमाणिकरण गरिएको हुन्छ । कुनै हेल्मेटको पछाडि इसीइ( इकोनोमिक कमिसन फर युरोप) छ भने यो युरोपियन मापदण्डबाट प्रमाणित भएको हेल्मेट हो । 

यसैगरी हेल्मेटको पछाडि आइ एस आइ मार्क छ भने त्यो भारतीय मापदण्ड प्रमाणित भएको र डीओटी (डिर्पाटमेन्ट अफ ट्रान्सर्पोटेसन) अङिकत हेल्मेट अमेरिकन मापदण्डबाट प्रमाणित भएको हुन्छ । यस्तो मार्क वा चिन्ह विभिन्न  प्रयोगपछि दिइने हुनाले यी र यस्ता विभिन्न अन्तराष्ट्रिय मान्यताबाट प्रमाणित हेल्मेट खरिद गर्नु पर्दछ । 

यी यस्ता मान्यताहरु र प्रमाणीकरणहरु आफ्नो देशको सडक, चालकको चलाइ, गति सीमा, ट्राफिक नियम र अन्य कुराहरुका कारणले निर्धारण गरिएको हुन्छ । त्यसैले आफ्नो चलाई, सडक अवस्था, मोटरसाइकलको मोडलको आधारमा हेल्मेट छान्नुपर्ने हुन्छ ।

टाउकोमा राम्रोसँग ठिक्क हुने 

चालकले हेल्मेट किन्दा आफ्नो टाउकोको आकारअनुसार ठिक्क हुने खाल र मोटरसाइकल हाँक्दा चालकको टाउको चलाइ र गतिविधिलाई सहज हुन खालको छान्नुपर्छ । हेल्मेट चालकको टाउको भन्दा ठूलो भयो मोटरसाइकल चलाउदाँ चालकको आँखा छेक्न सक्दछ । त्यस्तै हेल्मेट सानो हुदाँ चालकलाई आरामदायी नहुन सक्छ । 

भाइजर भएको हेल्मेट किन्ने

चालकले सकेसम्म भाइजर भएको हेल्मेट किन्नुपर्छ । भाइजर भनेको हेल्मेटको अगाडि चालकको आँखा र मुख डाक्नको लागि प्रयोग हुने पारदर्शी वस्तु हो । भाइजरले चालकको अनुहारलाई धुवाँधुलो तथा पानीबाट बचाउँछ । त्यसैले चालकले हेल्मेट किन्दा भाइजरबाट प्रष्टसँग अगाडि देखिने, सफा र बलियो खालको किन्नुपर्छ । यदि पुरानो हेल्मेट छ, त्यसको भाइजर कोरिएको वा फोहर छ भने त्यसलाई फेर्नुपर्दछ । 

हेल्मेटभित्र सुरक्षित फर्मको प्रयोग भए नभएको बुझ्ने

हेल्मेटको मुख्य काम भनेको दुर्घटना हुँदा चालकको टाउकोमा ठूलो र घातक चोट लाग्नु नदिनु हो । त्यसैले चालकले हेल्मेट किन्दा हेल्मेटभित्र टाउको बचाउनका लागि प्रयोग गरिएको फाेम वा कुनै नरम गद्दाको गुणस्तरका बारेमा बुझ्नुपर्छ । 

चम्किने रंगका हेल्मेट छान्ने

मोटरसाइकल चलाउने चालकले आफ्नो हेल्मेट अलिक भिन्न रंगको र नजिक तथा टाढाबाट ठ्याक्कै चिनिने रङगको लगाउनु पर्छ । विशेषतः पहेलो र चम्किने किसिमका रङ भएको हेल्मेटको प्रयोग गर्नुपर्छ । यदि राजमार्गमा मोटरसाइकल लड्यो भने बस, ट्रक वा अरु गाडीका चालकले सजिलै चालको टाउको चिन्न सक्छन् । 

हेल्मेटको प्रयोग गर्दा विशेषतः सुरक्षाको दृष्टिकोटबाट आफूले चलाउने मोटरसाइकलको गति, सडककाे अवस्था आदिलाई विशेष ध्यानमा राख्नुपर्छ । यदि सडकमा लडेको खण्डमा हेल्मेटले टाउको राम्रोसँग बचाउने, घिस्रिँदा हेल्मेट नफुट्ने किसिमको हुनुपर्छ । यसको विभिन्न जाँच पूरा गरेर कुनै मान्यता पाएको र त्यस मान्यता अनुसारको हेल्मेट बिक्री गर्ने आधिकारिक पसलबाट किन्नुपर्छ । 

बजारमा विभिन्न हाफ, फुल, डर्ट आदिजस्ता विभिन्न प्रकारका हेल्मेटहरु निस्किएका छन् । यी सबै हेल्मेटका प्रकार भनेको चालकको चलाइका आधारमा बनाइएको हुन्छ ।

अरु हेल्मेटको तुलनामा फुल हेल्मेटले चालक लड्दा चालकको चिउँडाे र अनुहार राम्रोसँग छोपेको हुन्छ र चालक लड्दा अनुहारका भागहरुलाई सुरक्षित बनाउन सक्छ । त्यसैले फुल हेल्मेटको प्रयोग गर्दा चालक बढि सुरक्षित बन्न सक्छ । तर यसको मतलब हाफ हेल्मेटको प्रयोग नगर्ने भन्ने होइन ।

चालकको चलाइ, सडकको अवस्था, मोटरसाइकलको क्षमता, मौसमको आधारमा हाफ हेल्मेटको पनि प्रयोग गर्न सकिन्छ । हेल्मेटको गुणस्तर भनेको यसको प्रमाणिकरणमै नीहित हुने हुदाँ आधिकारिक पसलबाट किन्दा हाफ हेल्मेट पनि सुरक्षित हुन्छ । 

त्यस्तै कुनै कच्ची सडक र रोमाञ्चक यात्राको लागि अघि बढ्दै हुनुहुन्छ भने तपाईँको लागि डर्ट हेल्मेट सुरक्षित हुन्छ । 
मुख्य कुरा दुर्घटनालाई टार्न सकिन्न तर दुर्घटनाबाट हुने घाउ, चोटपटकबाट सुरक्षित बन्न सकिन्छ । जसको लागि बलियो र गुणस्तरीय हेल्मेट छान्नुपर्छ ।

हेल्मेट किन्दा वा लगाउँदा ध्यान दिनुपर्ने कुराहरु 

१) गुणस्तर र मापदण्ड प्रमाणित हेल्मेटको खरिद गर्ने
२) आफ्नो मोटरसाइकलको क्षमता (सीसी) लाई आधार मान्ने
३) आफूले प्रयोग गर्ने सडक र आफूले मोटरसाइकल हाक्ने गतिलाई ध्यानमा राख्ने
४) चालककोे टाउको र अनुहारलाई राम्रोसँग बचाउने
५) चम्किने र चिनिने किसिमको रङग भएको 
६) टाउकोमा राम्रोसँग ठिक्क हुने 
७) भाइजर भएकोे
८) हेल्मेटभित्र सुरक्षित फोमको प्रयोग भए नभएको बुझ्ने

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP