Trending
flash विजयनगरमा सार्वजनिक सुनुवाई सम्पन्न flash लुम्बिनी प्रदेशमै उत्कृष्ट अंकसहित शिवराज अस्पताल पहिलो स्थानमा flash सशस्त्र प्रहरीको कडा एक्सन, २४ घण्टाभित्र ११ लाखभन्दा बढीको अवैध सामान बरामद flash विजयनगरको नवौँ गाउँसभा सम्पन्न, ६८ करोड ११ लाखको बजेट प्रस्तुत flash बन्ने भयाे हल्लानगर-पत्थरदेइया-मैनारी-झिंगाहा सडक, अध्यक्ष थापाको पहल सफल flash पोषण तथा जीविकोपार्जनका गतिविधि प्रभावकारी बनाउन विजयनगरमा अनुगमन flash विजयनगरमा वित्तीय साक्षरता तथा सुरक्षित आप्रवासन सम्बन्धी अभिमुखीकरण flash थरौली आधारभूत विद्यालयमा ४ कोठे भवन शिलान्यास flash शिवराज अस्पताल : निःशुल्क मुटु, मिर्गौला तथा बहु-विशेषज्ञ स्वास्थ्य शिविर : पहिलो दिनमै १ हजार ५ सय ९५ बिरामी लाभान्वित flash विजयनगरमा विकासको अर्को उपलब्धी : ४ मोटरेबल पक्की पुल निर्माण सुनिश्चित

बझाङको साइपाल गाँउपालिकामा हिमपात, विद्यालय बन्द

 बझाङको साइपाल गाउँपालिकालगायत अन्य ग्रामीण बस्तीमा हिमपात सुरु भएको छ । 

हिमपातका कारण साइपाल गाँउपालिकामा कार्यरत कर्मचारी प्रहरुराम डगौरा लडेर घाइते भएका छन् । महेन्द्रनगर घर भएका डगौरा साइपाल गाँउपालिकाको काँडा भन्ने ठाउँमा जाने क्रममा पानलोटे भन्ने ठाँउमा हिउँमा चिप्लिएर लड्दा घाइते भएको साइपाल गाँउपालिकाका अध्यक्ष राजेन्द्रबहादुर धामीले बताउनु भयो । 

डगौराको दाँया खुट्टामा चोट लागेको छ । यातायातको सुविधा नभएका कारण आठ जना भरिया बनाएर डगौरालाई सदरमुकामतर्फ ल्याउने तयारी भइरहेको धामीले जानकारी दिनु भयो । 

साइपाल गाँउपालिकालगायत अन्य ग्रामीण बस्तीमा हिमपात सुरु 

साइपाल गाँउपालिकालगायत अन्य ग्रामीण बस्तीमा हिमपात सुरु भएको छ । हिमपात भएपछि स्थानीय घरबाहिर निस्कन सकेका छैनन् भने पशु, चौपायासमेत गोठमा नै थुनिएका छन् । 

हिमपातले गर्दा एउटा गाउँबाट अर्को गाँउ जान नसकेको साइपाल गाँउपालिकाका वसन्त बोहराले बताउनु भयो । लगातार हिमपात भइरहेका कारण गाउँपालिकाका आठ वटा विद्यालय बन्द हुने गाउँपालिका अध्यक्ष धामीले बताउनु भयो । 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP